सिरहा, १८ कार्तिक । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा सिरहा नगरपालिकाले अस्थायी पूल निर्माण गरेको छ । कमला नदीको बहुप्रतिक्षित पूल भत्केपछि नदी पार गर्न आवतजावतमा समस्या आउन थालेपछि सिरहा नगरपालिकाले पुल निर्माण गरिदिएको हो । नदी पार गर्नको लागि पैदल यात्रु र साईकललाई कुनै शुल्क लाग्ने छैन भने मोटरसाईकललाई २० रुपैयाँ शुल्क तोकिएको हो । ।
पुलको दुवै तर्फ नगरपालिकाबाट कर्मचारी खटाइने छ । उनले मोटरसाईकल वापत लिइने शुल्क कुनै व्यक्तिको नभई नगरपालिकालाई राजस्व जम्मा गर्ने छ । त्यसको लागि नगरपालिकाको राजस्व बिल नै दिइने व्यवस्था मिलाएको छ । यसअघि व्यक्तिगत रुपमा पुल निर्माण गरी लाखौँ रुपैयाँ असुल्दै आएका केही स्थानीयहरुलाई सार्वजनिक सम्पतिमा रजाई गर्नबाट नगरपालिकाले रोकेको हो ।
सिरहाबाट जनकपुरधाम जान २८ किलोमिटर बाटो तय गर्नुपर्छ । कमला नदीमा बनाईएको पुल भत्किएपछि नदीमा बाढी आएको बेला करिब ८७ किलोमिटर तय गरेर सर्वसाधारणलाई जनकपुरधाम पुग्नुपर्ने हुन्छ । तर नगरपालिकाले नदीमा बाँसको अस्थाई पुल बनाईदिएपछि मोटरसाईकल चालकहरुलाई पनि आवतजावत गर्न सहज भएको छ ।
यसअघि नदीमा निजी रुपमा बनाईएको बाँसको अस्थाई पुलमा आवतजावत गर्दा प्रतिव्यक्ति ५० रुपैया देखि १०० रुपैया लिँदै आएको थियो । अब नगरपालिकाले उक्त नदीमा बाँसको अस्थाई पुल बनाईदिएपछि सर्वसाधारणहरु निःशुल्क रुपमा आवतजावत गरिरहेका छन् । मोटरसाईकललाई २० रुपैयाँ शुल्क तोकिएको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।
यादबले भने, धेरैले भन्ला, सरकारले बनाएका पुलमा रु.२० रुपैयाँ किन लिएको होला । रुपैयाँ लिनुको मुल कारण हो सहायोग तथा अपनत्वको भावना उजागर गर्नु । तर पुल अस्थाई रहेकोले दैनिक रुपमा सय भन्द बढी मोटरसाइकलको चाप हुने भएकोले दैनिक रुपमै मर्मत गर्न पर्ने अवस्था हुन्छ । यसको मर्मत गर्ने व्यक्ति नगरपालिकासँग उपलब्ध छैन । यसका लागि यस्ता अस्थाई पुल निर्माण गर्ने गाउँका केही व्यक्तिलाई दैनिक खटाउनु पर्ने हुन्छ । पुल मर्मतमा खटिने व्यक्तिलाई ज्याला दिनु पर्ने भएकोले सामान्य शुल्क मात्र लिने निर्णय गरिएका छौँ । त्यो पटके रुपम नभई एक पटक शुल्क तिर्ने व्यक्तिले बिल राखी पुन त्यही दिन पुल प्रयोग गरे पुनः शुल्क दिनु पर्दैन अधिकृत यादबले बताए ।
केहीले भन्न सक्छ सिरहा नगरपालिका वडा नं. ६, ५ को नागरिकलाई किन निःशुल्क यात्रा? हो यि दुईटा वडाका नागरिकले पुल निर्माणमा सहयोग गरेका छन् । नगरपालिका कर्मचारी दिन रात खटन सक्ने स्रोत साधान नगरपालिकासँग छैन् । त्यसैले कर्मचारीहरुका डियुटी सकिसकेपछि पुललाई सुरक्षा तथा हेरेविचार गर्ने कार्य उनीहरुले गर्ने भएकोले शुल्क छुट गरिएको यादबले जानकारी दिइए ।
पुलाबाट यात्रा गर्ने यात्रिहरुले भने, यति सम्मको सुविधा नगरपालिकाले गरिदईएकोमा धेरै खुशी छौँ । रु.२० कुनै पनि ठुलो शुल्क होइन् । नदीको पनिबाट आवतजावत गर्दा धेरै कठिना र जोखिमपूर्ण हुने भएकोले नीजि रुपमा पुल निर्माण गरी पटककै रु५० रुपैया लिने गरको थियो । त्यो रकमको आगडी यो केही होइन् । एक दिनको काम पनि होइन् । आजै पुल विग्रेपछि पुन कसरी संचालन गर्ने समास्यालाई पहिले नै नगरपालिका ध्यान दिईएको छ । हामी यात्र सहज रुपमै गरेको छौँ खुशी छु रंजित यादबले बताए ।
हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा समस्या भएको छ । यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भाँसिएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved