सिरहा सदरमुकाममा निर्माण भएको करोडैँको नाला बजारको डम्पिंगसाईड

  • कार्तिक २६, २०८१ | ३५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ कार्तिक । सिरहा सदरमुकाममा सिरहा माडर चोहर्वा सडक खण्डको बजार क्षेत्रमा करोडैँ लागतमा निर्माण भएको ढल निकाष नाला बजार क्षेत्रको डम्पिंगसाईडको रुपमा परिणत भएको छ । ढल निकाषका लागि निर्माण गरिएको नालामा पानी जमेर बजार क्षेत्र नै दुग्धिंत भएपछि  स्थानीयवासिलाई समस्या भएका छन् । 

नाला निर्माण देखि नै स्थानीयवासिहरुले निर्माण डिजाइन माथि प्रश्न गर्दै आएपनि ठेकेदार कम्पनीका कर्मचारीहरुले कुनै वास्ता गरेनन् । डम्पिंकका रुपमा रहेको पानी तथा फोहर जमेका नालालाई सल्याब राखि छोप्ने कार्य भईरहदा नगरवासिहरु थप आक्रोस भएका छन् ।

नगरवासिहरुले नाला लाई सरसफाई गरी मात्र छोप्ने कार्य गरौँ भने प्रस्ताव राख्दा पनि ठेकेदार कर्मचारीले प्रस्तावको कुनै वास्ता नगरेको स्थानीय सिताराम ठाकुरले बताए । नालाको फोहर सफा नगरी छोप्ने कार्य भईरहेकोले भोलीको दिनमा पानीको निकास नहुने बजारको व्यपारी छेदिलालले बताए ।

डम्पिंगको रुपमा पानी जमेको नालामा फोहर भरेकोले पानी निकास नहुने र लाम्खुट्टे  प्रकोप बढने तथा बजार क्षेत्र दग्धिंत हुने भएकोले नगरपालिकाको ध्यान अहिले जानुपर्ने स्थानीयवासिहरुका भनाईरहेका छन् ।

सडक डिभिजन कार्यालय लहानको मतहतमा निर्माण कार्य सगमाथा, सजिव, पोलस्टार, जे. भि. ले गरिरहेका छन् । ड्न, फुटपाथ र रोड सेफटी कार्यका लागि रु. ८ करोड १४ लाख १२ हजार ५ सय ४४ रुपैयाँको लागतमा निर्माण कार्य भईरहेको छ ।

हाल सम्मको निर्माण कार्यलाई स्थानीयहरुले वालुवामा पानी हल्लेको जस्तो संज्ञ दिईरहेको छ भने चरम भ्रष्टाचार भईरहकेो बताउँछन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब