एउटै पालिकाको दुइ वडामा उपनिर्वाचन, प्रतिष्ठाको लडाइ

  • कार्तिक २७, २०८१ | १५७ पटक पढिएको | सीमा संदेश
alt

आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको क्रममा मधेश प्रदेशको सप्तरीको एउटै पालिकाको दुई वडामा वडाअध्यक्ष पदको निर्वाचन हुने भएको छ ।

उपनिर्वाचनअन्तर्गतको निर्वाचनका विभिन्न प्रक्रियहरु शुरु हुन बाकी छँदै गर्दा स्थानीयतस्तरमा राजनीतिक दलहरुलाई भने निर्वाचन लागिसकेको छ । डाक्नेश्वरी नगरपालिकाको १ र ४ गरी दुई वडामा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । निर्वाचन हुन लागेको ती दुबै पदमा यस अघि कांग्रेसका क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय चुनाव जीतेका थिए । चौधरी र राय दुबैको निधन भएका कारण रित्त हुन गएको पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

यस अघि दुबै पद कांग्रेस जीतेकाले यसलाई कायम र निरन्तरता दिनु पर्ने कांग्रेसमाथि चर्काे दबाब छ । अहिले ती दुबै स्थान जीतन कांग्रेसलाई दबाब देखिएको कांग्रेसका नेताहरु बताउँछन् । जीतेका सिट बचाईराख्न दिनरात नेता/कार्यकर्ता खटेका छौ, नेपाली कांग्रेस डाक्नेश्वरी नगरपालिका नगर समितिका सभापति नारायण यादवले भने, “पहिल्यै जीतेका ठाउँ भएकाले पनि दुबै ठाँउ पुनःजीतन र निरन्तरता दिन कम्मर कसेर लागेका छौ ।” मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले मंसिर २ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यतालिका सार्वजनिक गरेकाले दलहरु अहिले उम्मेदवार छान्न र आ–आफ्नो पक्षमा माहौल बनाउन ब्यस्त भएका छन् । यहाँ कांग्रेस जीतलाई निरन्तरता दिने कसरतमा छ भने अन्य दल जसरी पनि आ आफनो पक्षमा जीत निकालेर कांग्रेसको पकड क्षेत्र तोडने प्रयासमा लागेका छन् ।

अहिलेसम्म दुईवटै वडामा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रले वडा न १ बाट सन्तोष पन्त र वडा नम्बर ४ बाट विन्दा रामलाई उम्मेदवार बनाएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अशोक कुमार मण्डल “अमर”ले जानकारी दिए । लोसपा नेपालले वडा नम्बर १ मा राम अधिन सन्त र वडा नम्बर ४ मा अरविन्द कुमार रायलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिएका छन् ।

कांग्रेसले दुबै वडाको उम्मेदवार मंगलवार एक कार्यक्रम गरी घोषणा गरिने तयारी भएको जिल्ला सभापती रामदेव साहले बताएका छन् । एमालेले वडा नम्बर १ बाट उम्मेदवार छनोट गर्ने प्रक्रिया चलिरहेको तथा वडा न ४ बाट संजय यादवलाई उम्मेदवार बनाउने निर्णय भएको जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताए ।

जनमत पार्टीले वडा नम्बर ४ बाट उदयनारायण पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्र्चाज रामगमन साहले बताए । वडा नं १ मा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहको उनको भनाइ छ । नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, आम जनता पार्टी (आजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.)लगायतलका दलहरुले पनि उम्मेदवारी दिने भन्दै कार्यकर्ताहरुको भावना बुझने र आ आफनो तर्फबाट वडा अध्यक्षका सम्भावित उम्मेदवार हरुको सम्बन्धमा गन्थनमन्थन गर्ने कामलाई तिव्रता प्रदान गरेका छन् ।

उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ मा २ हजार ६ सय ३५ र वडा नम्बर ४ मा १ हजार २ सय ८१ मतदाता छन् । निर्वाचनका लागी कुल ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए । मंसिर १६ गते आइतबार बिहान ७ बजेदेखी अपराह्न ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि उपनिर्वाचन भयरहीत वातावरण तथा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्धबारे तयारी गरिरहेको जनाएको छ ।

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब