आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी, अध्यक्ष ओलीले सम्बोधन गर्ने

  • मंसिर ७, २०८१ | ४४५ पटक पढिएको | सीमा संदेश
alt

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले आज काठमाडौंमा ‘जागरण सभा’ गर्न लागेको हो । जागरण सभा दरबारमार्गमा हुनेछ । भद्रकालीबाट शुरू हुने जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।

काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभामा १ लाख नेता कार्यकर्ता उतार्ने दाबी एमालेको छ । जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले अराजकताविरुद्ध र स्थिरताको पक्षमा जनमत निर्माणका लागि जागरण सभा गर्न लागेको जानकारी दिए ।

मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको उनले बताए ।

जुलुस बिहान साढे ११ बजे काठमाडौंको भद्रकालीबाट शुरू भएर साढे १२ बजे दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने एमालेले जनाएको छ । 

सभा संयोजन समितिका सदस्य एवं एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले देशलाई अराजकता लाने पक्ष हावी हुन थालेपछि खबरदारी सभा गर्न लागेको जानकारी दिए । 

‘अहिले देशलाई अराजकताले गाँजेको छ । अदालत मान्दिनँ, प्रहरी र सेना मान्दिनँ, बैंकको ऋण तिर्दिनँ भनेर समाजमा अराजकता फैलाउने र नागरिकमा निराशा बढाउने समूह हावी हुँदै जान थालेको छ,’ ढुंगेलले लोकान्तरसँग भने, ‘तर, देशमा जिम्मेवार दल छन् । सबैथोक बिग्रेजसरी निराश हुने स्थिति छैन । समस्या नआओस् भनेर ठूला दल मिलेर सरकार बनाएका छन् । सत्तारुढ दलको आवाज परिवर्तनको पक्षमा भनेर सभामार्फत सन्देश दिन खोजेका हौं ।’ 

एमालेको जागरण सभाको प्रमुख वक्ता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नै हुने भएका छन् । जागरण सभा संयोजन समितिका सदस्य कैलाश ढुंगेलले प्रदर्शनपछि दरबारमार्गमा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी दिए । 

‘काठमाडौंमा प्रदर्शनपछि दरबारमार्गमा संक्षिप्त सभा हुनेछ,’ ढुंगेलले लोकान्तरसँग भने, ‘सभामा धेरै वक्ता हुँदैनन्, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल वक्ता हुनुहुन्छ ।’

अघिल्लो वर्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ मा काठमाडौंमा प्रदर्शन गरेको थियो । यसपटक फेरि पनि ७ गते नै यो अभियानले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । 

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब