अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली

  • मंसिर ७, २०८१ | ४९८ पटक पढिएको | सीमा संदेश
alt

सत्तारूढ दल नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार र ठगी सैह्य नहुने बताउनुभएको छ । उहाँले अपराध गर्नेलाई सरकारले अनुहार नहेर्ने बताउनुभयो । तथ्य र प्रमाणको आधारमा मात्रै बहस गर्नुपर्नेमा उहाँको जोड छ ।

अहिले अनेक फल्तु कुरा आइरहेका भन्दै अध्यक्ष ओलीले भन्नुभयो,‘कम्बोडियामा ३२ हजार करोड, स्वीस बैंकमा २१ हजार करोडका कुरा गर्नुको अर्थ छैन । तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्नका लागि त भन्देउन त ।’

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ लागिपरेको बताउनुभएको छ । उहाँले वर्तमान गठबन्धन आउँदो चुनावसम्म रहने दोहोर्‍याउनुभयाे । अब २०८३ साल असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँको भनाइ छ । ओलीले दुई दल कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि देशको अवस्था हेरेर सहकार्य भएको दाबी गर्नुभयो ।

आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले यो भ्रमण सफल हुने बताउनुभयो । उहाँले आफू चीन घुम्न जान नलागेकोसमेत बताउनुभएको छ । चिनियाँ परियोजना बीआरआईलाई सङ्केत गर्दै उहाँले अहिले देशको अवस्था कसैसँग ऋण लिने नरहेको पनि बताउनुभयो ।

सभामा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताउनुभएको छ । उहाँले आवश्यक परेमा छानबिन गर्न सकिने र छानबिन गर्दा कुनै फरक नपर्ने बताउनुभयो । दरबारमार्गमा एमालेको सभा अघि दिउँसो विभिन्न ठाउँबाट र्‍याली निस्किएको थियो ।

काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला कमिटीले आज दरबारमार्गमा जागरण सभाको आयोजना गरेका हुन् । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले यो जागरणसभा आयोजना गरिएको एमालेले जनाएको छ । तर मुख्य सडक दरबारमार्ग नै बन्द गरी आयोजना भएको जागरण सभाका कारण सर्वसाधारणले भने निक्कै सास्ती भोग्नु परेको छ । एमालेसहित विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनभर अस्तव्यस्त भयो ।

काठमाण्डौको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन् । यस्तै माइतीघरमा सहकारी पीडितले आन्दोलनलाई आज पनि निरन्तरता दिए । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् । एमालेको सभा, कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थक र माइतीघरमा सहकारी पीडितको आन्दोलनका कारण आज काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल भएको हो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब