जनकपुरधाममा मुख्यमन्त्री कार्यालय अगाडि जागिर माग्दै शहीद परिवारको प्रदर्शन

  • मंसिर ७, २०८१ | ४०८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरु प्रदर्शन गरेका छन् ।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहिद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहिद परिवारका सदस्यहरु आन्दोलित भएका हुन् ।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहिद परिवारका सदस्यहरु छन् । उनीहरुले प्रदेश सरकारले आफूहरुको माग पुरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन् ‌।

शहिद परिवारका रामनरेश राय यादवले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पहिलो मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पटक पटक भेटेर आग्रह गर्दापनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको बताए ।

‘५२ शहिद परिवारका एक/एक सदस्यलाई रोजगार दिने सरकारले निर्णय गरेको हो,’ उनले भने, ‘निर्णय गरेको पनि ६ वर्ष बितिसक्यो । केहि शहिद परिवारलाई मात्र करारको जागिर दिएको छ । तर उनीहरुलाई पनि हटाउन खोजिएको छ ।’

उनले सरकारले गरेको निर्णय अनुसार सबै शहिद परिवारका एक/एक सदस्यलाई स्थायी जागिरको व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको बताए । माग पुरा नगरे आफूहरु पनि सहादत दिने उनले चेतावनी समेत दिए ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब