ओली सरकारविरुद्ध सीकेको अभिव्यक्ति

  • मंसिर १०, २०८१ | ५३० पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकार धरमरमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गरेका छन् ।

एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२ औँ साधारण सभामा भाग लिन कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपालमा प्रधानमन्त्री ओलीलाई भेट्न नपाएको भन्दै आलोचना गरेका छन् ।

शनिबार कोम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटघाटपछि जनमत पार्टीका अध्यक्ष राउतले सामाजिक सञ्जाल अन्तर्गतको फेसबुक पेज र एक्समा फोटो राखेर प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका हुन् । कम्बोडियाका प्रधानमन्त्री हुन सेनसंगको भेटघाटपछि अध्यक्ष राउतले आफ्नो सामाजिक सञ्जालको पेज तथा एक्समा लेखेका छन्, ‘कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचोसँग भेटवार्ता, बरू नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’

प्रधानमन्त्री ओली नेतृत्वको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी पनि छन् । जनमत पार्टीले ओली नेतृत्वको संघ सरकारलाई समर्थन जनाएका छ । त्यससंगै मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको छ । सत्तागठबन्धन दलकै अध्यक्ष राउतले देशका प्रधानमन्त्रीलाई भेट्न नपाएको आलोचना कम्बोडियामा गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन सेनसंग भेटघाटको तस्बिर राखेर आलोचनात्मक टिप्पणी गरेकोमा अध्यक्ष राउतको आलोचना भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि अध्यक्ष राउतले ओली नेतृत्वको सरकारलाई सार्वजनिक रुपमै जथाभावी आलोचना गरेका थिए । अध्यक्ष राउतले आलोचना गरेपछि प्रधानमन्त्री ओलीले उनलाई सत्तागठबन्धनको बैठकमै बोलाएर स्पष्टीकरण लिएका थिए । अध्यक्ष राउतले त्यसपछि पनि प्रधानमन्त्री ओलीको सार्वजनिक रुपमै विभिन्न मञ्चमार्फत विरोध गर्दै आएका छन् ।

यता आएर सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमालाभ सापकोटालाई पदबाट बर्खास्त गर्नुपर्ने अडान लिएर धम्की दिएका थिए । तर सभामुख घिमिरेले पदबाट हटाउनका लागि प्रमाण अपुग रहेको भन्दै सांसद सापकोटालाई हटाएनन् । त्यसपछि सभामुख घिमिरे पनि कम्बोडियातर्फ प्रस्थान गरे ।

सोही अवसरको क्रममा कम्बोडियामै रहेका अध्यक्ष राउतले प्रधानमन्त्री ओलीसंग पनि भेट्न चाहेका थिए । तर व्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री ओलीले समय नदिएपछि राउतले आक्रोशपूर्ण व्यंग्यात्मक अभिव्यक्ति दिएका छन् । जनमत पार्टीका अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीले काम गर्न नसकेको भन्दै सार्वजनिक रुपमै आलोचना गरिरहेका छन् ।

त्यसक्रममा सांसद अब्दुल खानले पनि प्रधानमन्त्री ओलीले काम गर्न नसकेको आरोप लगाएका छन् । मधेशमा जनमत नेतृत्वको सरकारलाई रिप्लेस गर्ने चर्चा परिचर्चा भइरहेको बेलामा सीके राउतको व्यंग्यात्मक टिप्पणीले राजनीतिमा प्रतिकूल असर पर्ने विश्लेषकहरुको ठहर छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब