फार्मेसी सञ्चालकलाई हनीट्र्यापमा पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
फार्मेसी सञ्चालकले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिएर घरमा ‘ड्रेसिङ सेवा’ दिँदै आएका थिए । अनलाइनमा सम्पर्कमा आएकी वर्षाले फार्मेसी सञ्चालकलाई खुट्टाको घाउ ड्रेसिङ गर्न भन्दै डेरामा बेलाएकी थिइन् ।
फार्मेसी सञ्चालक स्कुटर लिएर राधेराधेस्थित वर्षाको डेरामा पुग्छन् । डेरामा पुगेपछि वर्षाले ती युवालाई एक बुढी आमाको घाउ ड्रेसिङ गर्ने भन्दै कोठामा रोकेर राख्छिन् । उनीहरू कोठामा बसिरहेकै बेला बाहिरबाट समृद्धि आउँछिन् र आफ्नो नन्द वर्षालाई बलात्कार गर्न खोजेको भन्दै आरोप लगाउन थाल्छिन् ।
फार्मेसी सञ्चालक डराएर त्यहाँबाट भाग्छन् । वर्षाले योजनाबद्ध ढंगले दीपेन्द्र र समृद्धिलाई लिएर फार्मेसीको ठेगानामा पुगेर रकम बार्गेनिङ गर्न शुरू गर्छिन् ।
शुरूमा त फार्मेसी सञ्चालकले आफ्नो कुनै गल्ती नभएको बताउँछन् । तर, प्रतिष्ठामा आँच आउने देखिएपछि उनी ८ लाख रूपैयाँ दिन सहमति गर्छन् । रकम पुरै नदिँदै फार्मेसी सञ्चालकले प्रहरीमा खबर गर्छन् । त्यसपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पीडितबाट आरोपीहरूले ५० हजार नगद र ७५ हजारको चेक लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी आचार्यका अनुसार खासमा समृद्धि र वर्षाबीच कुनै सम्बन्ध थिएन । फार्मेसी सञ्चालकलाई फसाउने योजनामा नन्द(भाउजुका रूपमा प्रस्तुत भएका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved