गढीमाई मन्दिरमा मन्त्रीहरुको ओइरो

  • मंसिर २०, २०८१ | ३८४ पटक पढिएको | सीमा संदेश
alt

प्रसिद्ध गढीमाई मेलामा संघीय सरकारका मन्त्रीहरुको ओइरो लागेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार मन्दिरमा पूजापाठ गरे । उनले मेलाको सुरक्षा व्यवस्थाबारे अधिकारीहरुसित जानकारी लिएका थिए ।

सोमबार उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेको गढीमाई मेलामा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह मंगलबार आएका थिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्वमन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एनपी साउदलगायतका नेताहरुले पनि बुधबार मन्दिरमा पूजा गरे ।

हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला बली प्रदानका लागि ख्याति प्राप्त रहेको छ । मेला आयोजकका अनुसार आइतबार र सोमबार बली प्रदान गरिने कार्यक्रम निर्धारण गरिएको छ । पहिलो दिन राँगाको र दोस्रो दिन पशुपंक्षी एवं बोकाको बली दिइनेछ । एक महिनासम्म चल्ने मेलामा लाखौँ श्रद्धालुहरुको सहभागिता रहने छ ।

मेला भर्न आउने श्रद्धालुहरुको उल्लेख्य भीड हुन थालेको छ । मेलामा सर्वसाधारणको भीडलाई व्यवस्थित गर्न व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गढीमाई मेला क्षेत्रको सबै खेतहरु खाली गरिएको छ । मुख्य मन्दिर सम्म पुग्न श्रद्धालुहरुलाई निकै समय लाग्ने गरेको छ । पञ्चवर्षीय सीताराम विवाहमहोत्सव र गढीमाई मेला एकै पटक पर्ने भए पनि दुबै मेला आयोजकबीच समन्वयको अभाव देखिएको छ ।

जनकपुरधाममा आउने श्रद्धालुहरुलाई गढीमाई मेलासम्म जाने र गढीमाई मेला भर्न आउनेहरुलाई जनकपुरधाम सीताराम महोत्सवमा सहभागिताका लागि पठाउने समन्वय भए दुवै मेलामा जनसहभागिता झन् बढ्ने बताइन्छ । सीताराम विवाह महोत्सवको भन्दा गढीमाई मेलामा संघीय सरकारका मन्त्रीहरुको सहभागिता अत्यधिक रहेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब