सिराहा चोहर्वा सडकमा सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि राजमार्ग अवरुद्ध

  • मंसिर २०, २०८१ | २७४ पटक पढिएको | सीमा संदेश
alt

सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन्। सिराहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय नीरज कामतको स१ ह ७२४ नम्बरको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहान देखि सिराहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गरेका छन्। क्षतिपूर्तिको माग राख्दै र घटनामा संलग्न चालक तथा सवारी धनीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन सुरु गरेका हुन्।

प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। सिराहाको सदरमुकाम सिराहा बजार जाने र आउने सबै सवारीसाधन ठप्प छन्। प्रदर्शनका कारण यात्रुहरू समस्यामा परेका छन् भने स्थानीय व्यवसाय र जनजीवनमा पनि असर परेको छ।

घटनास्थलमा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन। प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

युवकको मृत्युपछि पीडित परिवार र स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गरेका छन्। प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास गरिरहेको छ।जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी वीरेन्द्र पासवानले जनाए । चालक र अटो जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको  सूचना अधिकारी पासवानले जानकारी दिए ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब