नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ? नवभारत टाइम्सले नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारतलाई टेन्सन भएको समाचार लेखेको छ ।

  • मंसिर २०, २०८१ | १११ पटक पढिएको | सीमा संदेश
alt

 नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । उनीहरुले नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापेका छन् ।

बीबीसीको हिन्दी संस्करणले बीआरआई सम्झौतामा हस्ताक्षर गरेबाट नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा हेरिएको जनाएको छ ।

बिजनेस स्ट्याण्डर्डले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको परनिर्भरता कम गर्न चाहेकाले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ । उसले लेखेको छ, ‘ओली उत्तरी छिमेकीसँग आर्थिक सम्बन्ध गहिरो र पुनर्गठित गर्न चाहन्छन् । साथै उनी भारतसँग परम्परादेखि चल्दै आएको निर्भरता कम गर्न चाहन्छन् ।’

नेपालको अन्तर्राष्ट्रिय व्यापारको हिस्सा भारतसँग दुई तिहाइ र चीनसँग १४ प्रतिशत मात्र भए पनि चीनले नेपाललाई भारतको तुलनामा ३० मिलियन डलरभन्दा बढी अनुदान दिने गरेको पनि समाचारमा उल्लेख छ ।

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र ...

मन्त्री र मेयरबीचको द्वन्द्वले शैक्षिक क्षेत्र अन्

संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता र बहुद ...

माघ ७ गते सोमबार, यस्ताे छ तपाईंकाे राशिफल

आज विक्रम संवत २०८१ साल माघ ७ गते, सोमबार । ईश्वी सन् २ ...

मधेश अन्दोलनको एजेण्डा जीवित रहनु ठूलो नै उपलब्धि

प्रत्येक वर्षको माघ ५ गते मधेश आन्दोलन भएको दिनको रुपमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब