धनगढीमा दुर्घटना भएका कारबाट १३० किलो गाँजा बरामद

  • मंसिर ३०, २०८१ | ५६९ पटक पढिएको | सीमा संदेश
alt

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा. २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिनामको गाँजा फेला परेको हो। 

कारमा रहेको पाँच बटा कालो प्लाष्टिककाका गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा २१, वटा पोकाहरुमा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको प्रहरीले इलाका प्रहरी कार्याय जनाएको छ। 

कार ठोकिए लगतै कारभित्रबाट २÷३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रीक्सामा हाल्न खोजिरहेका थिए। त्यहि क्रममा स्थानीयले नियाल्न थालेपछि उनीहरु छोडेर भागेको एक स्थानीयले बताए।  

स्थानीयले उत्तरबाट आएको कार ट्रकमा ठोकिने वित्तिकै उनीहरु निस्केर कोही पोका निकालेर सिटी रीक्सामा हाल्ने र कोही कारको नम्वर प्लेट निकाल्न थालेपछि सङ्का लागेर पोका नियाँदा गाँजा देखिएकोको बताए। 

प्रहरीले ट्रक र कार नियन्त्रणमा लिएको भएपनि त्यसमा रहेका मानिसहरुका बारेमा केही बताएको छैन। एक जना प्रहरीले नियन्त्रणमा लिएको भनिएपनि उनी ट्रका चालक हुन या कारका भन्ने खुलेको छैन। 

यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले दुर्घटनामा परेको कारमा गाँजा बरामद गरीएको भएपनि सवै विवरण आई नपुगेको बताए। उनले भने, ‘घटना स्थलमा मातहतका प्रहरीले काम गरिरहेको छ। सवै विवरणहरु आईपुगेको छैन। विवरण आईपुग्ने वितिकै तपाईहरुलाई जानकारी भईहाल्छ।’

स्थानीयले धनगढीको उत्तरीक्षेत्रमा गाजाँ सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजारमा सम्म जाने गरेको बताउँछन्। प्रहरीकै मिलेमत्तोमा यसक्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीयले बताए। 

अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएको छ। 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब