भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ

  • मंसिर ३०, २०८१ | ३२० पटक पढिएको | सीमा संदेश

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् ।

बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌को कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई स्वयम्भू काठमाडौंको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

२०६८ भदौ ६ गते श्रेष्ठ सहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो।

२०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो ।

छुट्टा छुट्टै मुद्दामा ६र६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई फैस‌ला कार्यान्वयनको लागी आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्नु पर्ने भए पनि सार्वजनिक बिदाका कारण उनलाई सोमबार मात्रै अदालतमा पेश गरिने भएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब