मधेश प्रदेशमा शिक्षाप्रति विभेद कायम

  • पुस ५, २०८१ | ५१५ पटक पढिएको | सीमा संदेश
alt

मुख्यमन्त्री सतीश कुमार सिंहले संघीय सरकारको गलत नियत र नीतिका कारण मधेश प्रदेश शिक्षा क्षेत्रमा पछाडि परेको आरोप लगाएका छन् ।

जनकपुरधाममा बिहीबार अक्षर विद्या मन्दिरको ११औँ वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेशको शिक्षाको बारेमा संघीय सरकारले विभेद गरेको आरोप लगाए । मुख्यमन्त्री सिंहले मधेशको शिक्षा नीति कमजोर हुनुमा राज्यको नीति र नियतमा प्रश्न उठेको बताए । मुख्यमन्त्री सिंहले भने, ‘संघीय सरकारले प्रदेश गठन गरिदिएको छ, तर प्रदेश सरकारलाई कुनै अधिकार दिएको छैन, प्रदेश सरकारको न आफ्नो शासन छ, न त प्रशासन नै छ, न त कुनै नीति अनि यहाँ शिक्षालाई कसरी सुधार गर्न सकिन्छ ? उनले संघीय सरकारले मधेशलाई हेर्ने दृष्टिकोण नै कमजोर रहेका कारण मधेश प्रदेशको शिक्षा बिग्रिँदै गएको जिकिर गरे । मधेश प्रदेशको शिक्षामा संख्यात्मकमा भन्दा गुणात्मकतामा ध्यान दिनुपर्ने बताए । उनले यसअघिनै विद्यार्थी भर्नामा जोड दिए पनि गुणस्तरीतामा ध्यान नदिएको टिप्पणीसमेत गरे । उनले शिक्षा क्षेत्रको अवस्था, प्रदेशमा कर्मचारीदेखि लिएर हरेक क्षेत्रमा मधेश प्रदेशले टप गर्दै आएको बताए ।

मुख्यमन्त्री सिंहले भने, ‘यो शिक्षाकै कारणले भएको हो तर राज्यको पूर्वाग्रहीका कारण मधेसीहरूले स्थान पाएनन् ।’ अक्षर विद्या मन्दिरका सञ्चालक पंकज जालानको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले मधेशको शिक्षामा विभेद गरिंदै आएको आरोप लगाइन् । उनले कुनै समय मधेश प्रदेशकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेश नै शिक्षाको मामिलामा पिछा पर्नु दुःखद रहेको बताइन् ।

उनले मधेशको शैक्षिक स्तर योजनावद्ध हिसाबले धाराशायी पार्ने षडयन्त्र हुँदै आएको आरोप लगाइन् । मन्त्री तिवारीले मधेशको शिक्षामा सुधार ल्याउनका लागि प्रदेश सरकारले स्थानीय सरकार तथा संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् । अक्षर विद्या मन्दिरका सञ्चालक पंकज जालानले आफ्नो विद्यालयले विद्यार्थीहरुको चौतर्फि विकासका लागि काम गरिरहेको बताए । उनले अक्षर विद्या मन्दिरले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायको कक्षा पनि सञ्चालन गर्न लागेको बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब