चितवनको हात्ती प्रतियोगिता रोक्न भन्दै जोन अब्राहमले लेखे नेपालका मन्त्रीलाई पत्र

  • पुस ५, २०८१ | ६२१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । चितवनमा आयोजना गरिने हात्ती महोत्सवको नाममा जनावरमाथि दुर्व्यवहार हुने गरेको भन्दै चर्चित भारतीय फिल्म अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् ।

उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो र फुटबल खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘यी बुद्धिमान र संवेदनशिल जनावरले खेलको क्रममा शारिरिक र भावनात्मक कष्ट सहन्छन्’ मन्त्री पाण्डेलाई अब्राहमले लेखेको पत्रमा उल्लेख रहेको जनाइएको छ ।

‘जसले प्राकृतिक बासस्थानमा हात्तीहरूको सुन्दरता देखेको छ । म भन्न सक्छु कि तिनीहरु शक्ति र बुद्धिको प्रतीक समेत हुन् । उनीहरु धेरै अर्थबाट राष्ट्रिय खजाना हुन् । नेपालसँग यी सुन्दर जनावरलाई संरक्षण र सम्मान गरेर नेतृत्वदायीरुपमा अघि बढ्ने मौका छ’ पत्रमा उल्लेख छ ।

पत्रमा अभिनेता अब्राहमले मन्त्री पाण्डेलाई हात्ती प्रतियोगिता स्थगित गर्न आग्रह गरेका छन् । ‘यति मात्र होइन, सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य कायम गर्न र साझा भविष्य बनाउनेतर्फ नेपाल अघि बढ्नेछ भन्ने विश्वास लिएको छु’ अब्राहमले भनेका छन् ।

‘नेपालको लागि मेरो हृदयमा विशेष स्थान छ । म विश्वस्त छु कि यस्तो उज्वल भविष्य नागरिकको सम्मान, जंगली जनावरप्रतिको माया र अनुपम प्राकृतिक सौन्दर्यको संरक्षणबाट हुनेछ’ उनले भनेका छन् ।

उक्त महोत्सवमा हात्तीलाई कुटेर रगताम्मे पर्ने गरिएको र पर्यटकको सवारीको लागि पनि प्रयोग गर्ने गरिएको उल्लेख छ । जोन अब्राहम चर्चित बलिउड अभिनेता हुन् । उनका फिल्मले नेपालका हलमा राम्रो कमाइ गरेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब