गृहमन्त्रीको पुतला दहन

  • पुस ९, २०८१ | ४०६ पटक पढिएको | सीमा संदेश
alt

नेपाल प्रिमियर लिग (एनपीएल)को समाप्तिपछि काठमाडौंको कीर्तिपुर मैदानमा मधेशी युवाहरुलाई लक्षित गर्दै कुटपिट गरेको विरोधमा जनकपुरधाममा गृहमन्त्रीको पुतला दहन गरिएको छ ।

एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्टस् समर्थक मधेशी समुदायलाई लक्षित गरी केही युवाले अपमानजनक शब्द प्रयोग गर्दै कुटपिटसमेत गरेको घटनाप्रति राज्य गम्भीर नभएको भन्दै सोमबार जनकपुरधाममा मधेशी युवाहरुले गृहमन्त्री रमेश लेखकको पुतला जलाएका हुन् । त्यस्ता गतिविधि गर्ने व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न राज्यले उदासीनता देखाएको र नेपालका शासक तथा राज्य कति नश्लीय एवम् रंगभेदी छ भन्ने कुराको प्रमाण यस घटनाले पुष्टि गरेको युवाहरुको भनाई छ ।

युवाहरुले संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासकवर्ग सबै नश्लीय भएको र त्यहाँ एउटा पार्टीले मात्र संघर्ष गर्दैमा नपुग्ने बताए ।स्थानीय भानुचोकमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

गत शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल सकिएपछि हुलदंगा गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका घर भएका २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका घर भएका १८ वर्षीय गणेश साउद छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब