पुस १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

  • पुस १२, २०८१ | ५४५ पटक पढिएको | सीमा संदेश
alt

वि.सं. २०८१ साल पौष १२ गते । शुक्रबार । ईश्वी सन् २०२४ डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष कृष्णपक्ष । तिथि–द्वादशी, ४६ घडी ४४ पला, रातको १ बजेर २६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–विशाखा, ३३ घडी ३२ पला, बेलुकी ८ बजेर २० मिनेट उप्रान्त अनुराधा ।

योग–धृति, ४० घडी २७ पला, बेलुकी ११ बजेर ५ मिनेट उप्रान्त शूल । करण– कौलव, मध्यान्ह १२ बजेर ४६ मिनेट उप्रान्त तैतिल, रातको १ बजेर ३६ मिनेट उप्रान्त गर । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–तुला, दिउसो १ बजेर ४७ मिनेट उप्रान्त वृश्चिक । 

काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १४ मिनेट । दिनमान २५ घडी ५१ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ५५ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर १२ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १३ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ४७ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ४८ मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउसो १ बजेर २२ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर २३  मिनेटदेखि दिउसो २ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ४१ मिनेटदेखि दिउसो ३ बजेर ५८ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ५९ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर ४७ मिनेटदेखि मध्यान्ह १२ बजेर ४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्यापारमा समय दिन नसक्दा वा ध्यान नदिँदा घाटा लाग्न सक्छ । साझेदारी व्यवसाय सकभर आजको दिन सुरु नगर्नु होला । बिलासी वस्तुको प्रयोग गर्न पाइने भए पनि बढी नै उत्साहित हुँदा नकारात्मक परिणाम देखा पर्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको योग रहेको छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले राजनीति वा नोकरीबाट लाभ मिल्नेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ । खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा उत्पादन मूलक व्यवसायमा लगानी गर्नेहरूका लागी समय शुभ रहेको छ ।  छोटो दुरीको उपलब्धि मूलक यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग टाढिनु पर्दा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साँझपख छोटो दुरीको यात्रा हुने तथा भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य काममा अल्झने समय रहेको छ । अरूकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ  । मध्यान्हबाट समय राम्रो रहेकोले प्रविधि तथा सामाजिक सञ्जालको माध्यमबाट आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा बढोत्तरीको योग रहेको छ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खनिज पदार्थ, इलेक्ट्रिक सामान, तरल पदार्थ, पहिरन, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।  इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । साँझपख लामो दुरीको यात्राको योग रहेको छ । विदेशबाट सञ्चालित संस्थामा काम पाउने तथा विदेशी भूमिमा बसेर गर्ने काम फलदायी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । साँझपख आफन्त साथीभाइसँग भेट भई खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागी कडा मेहनतेको खाँचो पर्नेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । मध्यान्हबाट समय राम्रो रहेकोले लामो दुरीको यात्रा हुनेछ । नोकरीमा सम्मान, स्थानान्तरण वा बढुवाको योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब