पुस १३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

  • पुस १३, २०८१ | ४९९ पटक पढिएको | सीमा संदेश
alt

वि.सं. २०८१ साल पौष १३ गते । शनिबार । ईश्वी सन् २०२४ डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष कृष्णपक्ष । तिथि–त्रयोदशी, ५० घडी ६ पला, रातको २ बजेर ५८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अनुराधा, ३८ घडी २० पला, बेलुकी १० बजेर १५ मिनेट उप्रान्त ज्येष्ठ  ।

योग–शूल, ४० घडी १३ पला, बेलुकी ११ बजेर ० मिनेट उप्रान्त गंड । करण–गर, दिउसो २ बजेर २० मिनेट उप्रान्त वणिज, रातको २ बजेर ५८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृश्चिक । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५२ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ५५ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर १३ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १४ मिनेटदेखि बिहान ९ बजेर ३० मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ४९ मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउसो १ बजेर २३ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर २४  मिनेटदेखि दिउसो २ बजेर ४१ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ४२ मिनेटदेखि दिउसो ३ बजेर ५८ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ५९ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३० मिनेटदेखि बिहान १० बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि परिवार, आफन्त र साथीभाइसँग भेटघाट, खानपानमा समय व्यातित हुनेछ ।  

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । तर पनि प्रेमिल जोडीहरूका लागी समयले साथ दिनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईँ आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईँको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुने छैन । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । प्रेममा अरूकै नकारात्मक टिप्पणीले शङ्का उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला । तर पनि कृषि, पशुपालन व्यवसायबाट भने मनग्गे आम्दानी हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।  

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोल्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । तर पनि व्यापारबाट मनग्गे धन आर्जन गर्न  सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । खाद्यान्न, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । तर पनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । काम र अध्ययनमा विश्राम पाइने, भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रविधिको प्रयोग गरी समयलाई सदुपयोग गर्न सकिनेछ । बालबच्चा तथा परिवारका  साथ समय बिताउन सकिने हुँदा मन प्रसन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तर पनि नाँफामुलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म सस्कृती तथा यस्तै क्रियाकलाप दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।  

तपाईँको दिन शुभ रहोस् ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब