थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

  • पुस १७, २०८१ | ४०४ पटक पढिएको | सीमा संदेश
alt

नमोः भगवते बासुदेवाय 

आज विक्रम संवत २०८१ साल, पौष १७ गते,  बुधबार । ईश्वी सन् २०२५ जनवरी १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष शुक्लपक्ष । तिथि–द्धितीया, ५१ घडी १० पला, रातको ३ बजेर २५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– उत्तराषाढा, ४५ घडी ४३ पला, रातको १ बजेर १३ मिनेट उप्रान्त श्रवण । योग–व्याघात, २९ घडी ५६ पला, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त हर्षण । करण– बालव, दिउसो ३ बजेर ४७ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर २५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–धनु , बिहान ७ बजेर १७ मिनेट उप्रान्त मकर । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १८ मिनेट । दिनमान २५ घडी ५५ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखि बिहान ८ बजेर १४ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर ३२ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३३ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर ७ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ८ मिनेटदेखि दिउँसो १ बजेर २५ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो १ बजेर २६  मिनेटदेखि दिउँसो २ बजेर ४३ मिनेटसम्म चर बेला ।
दिउँसो २ बजेर ४४ मिनेटदेखि बेलुकी ४ बजेर ०१ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २ मिनेटदेखि बेलुकी ७ बजेर ०१ मिनेटसम्म उद्धेग बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १२ बजेर ७ मिनेटदेखि दिउँसो १ बजेर २५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु, चे,चो,ला,लि,लु,ले,लो,अ) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धि झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । तरपनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाईलो ठाउको भ्रमण हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वी,वु,वे,वो) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । साझपख परिवार तथा आफन्तका साथ भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हां) पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अविश्वास गरेपनि अन्तत विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । शेयर बजार तथा बित्तिीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टि,टु,टे) कुनैपनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ, ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) सन्तान बृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रशन्न हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । पहिरन तथा गरगहनाको व्यवसायमा उल्लेख्य बृद्धि हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाइने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)  तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाइको सहयोग तथा समर्थन पाइनेछ । विवादित विषयहरु तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । प्रविधिको प्रयोग गरि आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ । र,पनि यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ । वित्तीय क्षेत्रमा लगानीका लागी केही समय पर्खनु नै राम्रो रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । गीत संगित तथा मोडलिङ पेशा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । विद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रसाथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा) लामो दुरीको विदेश यात्रा तय हुनेछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धिमूलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । र, पनि आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने योग छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । वौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आशा मारेको काम बन्नाले उत्साह जाग्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग छ  । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब