पुस १९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

  • पुस १९, २०८१ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

महालक्ष्मी देव्यै नमः 

आज विक्रम संवत २०८१ साल, पौष महिनाको १९ गते,  शुक्रबार । ईश्वी सन् २०२५ जनवरी ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष शुक्लपक्ष । तिथि–चतुर्थी, ४४ घडी ४३ पला, रातको १२ बजेर ४० मिनेट उप्रान्त पंचमी । नक्षत्र–धनिष्ठा, ४२ घडी ३४ पला, बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त शतभिषा । योग–बज्र, १९ घडी १३ पला, दिउसो २ बजेर ३८ मिनेट उप्रान्त सिद्धि । करण–वणिज, दिउँसो १ बजेर ३७ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर, मध्यान्ह १२ बजेर २६ मिनेट उप्रान्त कुम्भ । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २५ घडी ५७ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ५७ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १५ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १६ मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर २६ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर २७  मिनेटदेखि दिउँसो २ बजेर ४४ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो २ बजेर ४५ मिनेटदेखि  बेलुकी ४ बजेर ०२ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ३ मिनेटदेखि बेलुकी ७ बजेर ०२ मिनेटसम्म रोग बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर ५० मिनेटदेखि दिउँसो १२ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २२ मिनेटदेखि बिहान ६ बजेर १० मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यपारमा पनि प्रसस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजिमा हुनेहरुले काम पाउने प्रसस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थयात्राको प्रसस्त सम्भावना छ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । नसोचेको धन सम्पत्ति प्राप्तीको योग रहेको छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले आफन्त तथा चेली माईतीबीच वैमनस्यता बढ्ने ग्रहयोग छ, सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीचको दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनसक्छ ।  सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) तार्किक क्षमता बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत  लिङगप्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदमबढी सफलता हात पार्न सकिनेछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) अध्ययनमा प्रसस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईंको ईमान्दारिताको कदर सबैले गर्नेछन् । सवारी साधनको खरिद विक्री, खाद्यान्न, पहिरन तथा गरगहनाको कारोबारमा उल्लेख्य बृद्धि हुनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमतापूर्पक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)  माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । समाजसेवामा नाम कमाउन बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैनी बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले सन्तोषजनक आम्दानी गर्न सक्नेछन् । साझपख खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भें  महत्वकांक्षी योजनाहरु सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । रोग तथा ऋणबाट छुटकारा पाइनेछ । दाजुभाई तथा बन्धुबान्धवको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्रा तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । होटल तथा रेष्टुराको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलाशिताका बन्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरु भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय उत्तम रहेकाले प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरेर आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागि अली बढि मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

तपाईंको दिन शुभ रहोस् ।
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब