सफ्टवेयरको खाताबाट साढे ३ करोड चोरी ! सामाजिक सञ्जालबाट करोडौँको ठगी, सचेत रहन सीआईबीको आग्रह

  • पुस २०, २०८१ | ३५९ पटक पढिएको | सीमा संदेश
alt

बैंक तथा वित्तीय संस्थाहरुबाट ठगी गर्ने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभनमा पारी नेपालमा करोडाँै रुपैयाँको ठगी सम्बन्धी मुद्दा प्रहरीमा परेको छ । विभिन्न व्यक्तिहरुलाई ठग्न प्रयोग भएको ५ सय भन्दाबढी मोबाइल नम्बर सक्रिय रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीर्आइबी)ले शुक्रबार जारी गरेको सचेतनामुलक सन्देशमा फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेञ्जर, भाइवर, इमोलगायतका सामाजिक सञ्जालहरु र इ–सेवा, खल्तीजस्ता वालेट तथा बैंक/बित्तीय संस्थाबाट बोलेको भनि विभिन्न अपरिचित नम्बरहरुबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारीहरु तथा सर्वसाधारणहरुलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने गरेको उल्लेख गरिएको छ ।

अनलाइन ठगीहरुबाट बच्न समाजिक सञ्जालहरुको प्रयोग गर्दा सचेत रहन सीआईबीले आग्रह गरेको छ ।सीआईबीका सुचना अधिकारी समेत रहेका प्रवक्ता एसपी होबिन्द्र बोगटीले समाजिक सञ्जाल लगायतका माध्यमहरुबाट सर्वसधारणलाई ठग्ने क्रम बढेकोले सचेत रहन आग्रह गरेका छन् ।

ई सेवा, खल्ती जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी फोन कलगरि प्रलोभनमा पार्ने गरिएको उजुरीहरु आएको बोगटीले जनाएका छन् । ‘ई सेवा, खल्ती जस्ता वालेटमा पटक–पटक गलत पासवर्ड राखेर तत्कालका लागि बन्द गर्ने र सोही समयमा मोबाइलबाट प्रयोगकर्तालाई कल गरी वालेटमा समस्या आएको बताउने गरिएको छ’ सीआईबीले जारी गरेको सुचनामा भनिएको छ, ‘म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी (गोप्य कोड) माग गर्ने र क्षणभरमा नै उक्त वालेटमा भएको रकम अन्य व्यक्तिको वालेट वा बैंक खातामा ट्रान्सफर गरिन्छ ।

सामाजिक संजालमा विभिन्न खालका प्रलोभनमा पार्ने सन्देशहरु पठाउने र विभिन्न किसिमका आर्टिफिसियल इन्टेलिजेन्सले सृजना गरेका आवाजहरुबाट कल गरी तपाईको सामान आएको छ, तपाईलाई फाईदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्ने बित्तिकै पासवर्ड र युजरनेममा पहुँच पु¥याई पैसा ट्रान्सफर गर्ने कार्य भइरहेको एसपी बोगटीले जनाएका छन् ।

सीआईबीले अनलाईन व्यापारको नाममा सामाजिक संजालमा बिभिन्न साईटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्यूआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसके पछि सामान डेलिभरि नगरी सम्पर्कविहीन भई ठगी गर्ने भेटेको जनाएको छ ।

पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौँ रकम ठगी गरिएको सम्बन्धनमा सीआईबीले अनुसन्धान गरिरहेको एसपी बोगटीले जनाएको छ । सीआईबीले ठगी कार्यमा हालसम्म ५सय भन्दा बढी संदिग्ध फोन नम्बरहरु सक्रिय रहेको उल्लेख गर्दै अपरिचित नम्बरहरुबाट आएका फोन तथा मेसेजहरु नउठाउन तथा रिप्लाई नगर्न सीआईबीले आग्रह गरेको छ ।

अनेक किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरुको सम्बन्धमा जानकारी प्राप्त भए सीआईबी अथवा प्रहरी कार्यालयमा सुचना दिन आग्रह गरिएको छ । सुचना प्रबिधिबाट बैंकिंग कारोबारलाई सहज बनाएसँगै लुट्नेहरुका लागे पनि मार्ग सहज बनाइदिएको छ ।केही लाख रुपैयाँ लुटपाट गर्न बन्दुक चलाउने जस्ता अपराधिक क्रियाकलापमा कमी भए पनि आँखा झम्काउन नपाउँदै करोडाँै लुट्ने धन्धामा भारी वृद्धि भएको छ ।

यसैबीच एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे ३ करोड रूपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ । सिटिजन्स बैंकको सफ्टवेयर पनि एफ वान सफ्टले नै निर्माण गरेको थियो । त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो । उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट ३ करोड ५१ लाख ५० हजार ३ सय ७० रुपैयाँ चोरी गरेको अभियोगमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रतिवादी बनाइएका २४ जनामध्ये ९ जनालाई पक्राउ गरिसकिएको र १५ जना फरार रहेको व्यूरोका एसपी दीपकराज अवस्थीले जनाएका छन् । पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह रहेका छन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब