गुपचुपमा जग्गा लिलाम गरेको भन्दै बैंकविरुद्ध आन्दोलन

  • पुस २६, २०८१ | ४४० पटक पढिएको | सीमा संदेश
alt

कृषि विकास बैंकले प्रक्रिया छलेर जग्गा लिलाम गरेको आरोप लगाउँदै पीडित परिवारले आन्दोलन गरेका छन्।

आन्दोलन गरेपछि प्रहरीले जर्वजस्ती बलप्रयोग गर्दै धपाएका थिए । जिल्लाको लहान नगरपालिका–२ का रामचन्द्र यादवको पूर्व–पश्चिम राजमार्गमै टाँसिएको ७ धुर जग्गा बैंकले प्रक्रिया मिचेर लिलाम गरेको भन्दै उनको परिवार बिच्चली भए पछि आन्दोलित भएको छ । उनीहरु राजमार्गमै सुतेर बैंकविरुद्ध नारावाजी गर्दै बिलौना गरिरहेका थिए ।

सडकमा ऋणी परिवार सुतेर विरोध प्रदर्शन गर्न थालेपछि राजमार्ग आवागमन ठप्प भएको थियो । प्रहरीले आन्दोलनको समर्थनमा पुगेका स्थानीयवासीमाथि जवर्जस्ती बलप्रयोगत गरी लाठी चार्ज गर्दै धपाएका थिए । त्यसपछि प्रहरीले रामचन्द्रको परिवारलाई घिसारेर सडकबाट हटाएर राजमार्ग खुलाएका थिए ।

सिरहा प्रहरीले आन्दोलनकारीलाई घिसारेको भिडिओ सामाजिक सञ्जालमा धेरैले सेयर गर्न थालेका छन् । जग्गा लिलामसम्बन्धी विवादमा एउटा समूहले बैंक जलाउन खोज्दा बल प्रयोग गरेको इलाका प्रहरी कार्यालय लहानका नायब प्रहरी उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनले सडकमा सुतेपछि ज्यान जोगाउनकै लागि भए पनि आफूहरुले बाध्य भएर हटाएको जिकिर गरे । तर सडक खुलाउने नाममा पीडित परिवार र आन्दोलनमा सहयोग गर्नेमाथि प्रहरी निर्मम बनेको स्थानीयवासीको आरोप छ ।

रामचन्द्रले ०७७ फाल्गुन १५ मा कृषि विकास बैंक लहान शाखाबाट ३० लाख रूपैयाँ ऋण लिएका थिए । मंसिरको किस्ता तिरेको उनको दाबी छ । यता बैंकले भने आफूहरुमाथि गलत आरोप लगाएको दाबी गरेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब