सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा राजस्व असुलीमा असर

  • पुस २६, २०८१ | ४१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा  ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ। नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए।

यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा उत्पादन हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ, ‘उनले भने, ‘व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन।’

क्वारेन्टाइन कार्यालय नहुँदा एकातिर व्यापारी विस्तारै निरुत्साही हुँदै गएका छन् भने अर्कातिर भन्सार अगाडिको सडकखण्डमा घण्टौँसम्म नेपाल भित्रिने मालबाहक सवारीसाधन लाम लाग्ने गरेका छन्। प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार नेपाल प्रवेश गर्ने मालबाहक सवारीसाधनको क्वारेन्टाइन प्रक्रियाकै लागि घण्टौँ लाग्ने हुँदा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने समस्याले आवागमन समेत प्रभावित हुने गरेको छ। माडर भन्सार भएर दलहन, फलफूल, तरकारी तथा पशुपन्छी र दूधजन्य वस्तु आयात निर्यातमा समस्या भएको छ भने खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन्।

वार्षिक १२ करोडभन्दा बढी राजस्व उठाउने यस भन्सार कार्यालयमा विषादी चेक गर्ने सामान्य प्राविधिक कर्मचारीको अभावमा प्लान्ट क्वारेन्टाइन सेवा नहुनु दुःखद् विषय भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब