मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ

  • पुस २८, २०८१ | ४२४ पटक पढिएको | सीमा संदेश
alt

नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज उक्त घटना विवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँचगर्ने क्रममा पक्राउ गरिएको थियो।

प्रहरीले कृष्णप्रसादको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको जनाइएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब