अपहरित बालकको सफल उद्धार, हतियारसहित तीनजना पक्राउ

  • माघ १, २०८१ | ४७७ पटक पढिएको | सीमा संदेश
alt

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अपहरित १५ वर्षीय भारतिय बालकको सफल उद्धार गर्दै तीन जना अभियुक्तलाई पक्राउ गरेको छ।

पुस २८ गते करिब १ बजे भारतिय बालकलाई बन्धक बनाई राखेको सूचनाकाे अधारमा अभियुक्तहरूलाई नियन्त्रणमा लिएर ब्रह्मपुरी गाउँपालिका-४ स्थित भारतीय सीमा क्षेत्रबाट उद्धार गरिएको हो।

अपहरणको घटना नेपाल-भारत सीमावर्ती क्षेत्रबाट भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले विशेष निगरानी गर्दै बालकलाई सकुशल उद्धार गरेको हो। पक्राउ पर्नेमा ब्रहम्पुरी गाउपालिका ४ बस्ने रामजी साह, सोही ठाउका विक्रम पासवान र भारत बिहार मुसहर्निया बस्ने प्रवचन साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुले राखेको कटुवा पेस्तोल १, गोली २, धारिलो हतियार (चक्कु) १, मोबाइल फोन र BR06BT2850 नम्बरको मोटरसाइकल बरामद गरिएको हो ।

पक्राउ परेका अभियुक्तहरूमाथि थप अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बालकलाई सकुशल उद्धार गर्नु प्रहरीका लागि ठूलो उपलब्धि भएको बताउँदै, घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको जानकारी दिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब