भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँः प्रशासकीय अधिकृत यादब

  • माघ ३, २०८१ | ७१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०३ माघ । सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

बुधवार सिरहा नगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्याङ्कन गर्ने समय भएको बताएका छन् ।

भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठुलो क्षति व्यहोर्नुपर्ने भन्दै उनले विशेष ध्यान दिन जरुरी रहेको बताए । आफूले गरेका कामहरूको मूल्याङ्कन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ। 

भूकम्प बारेमा सचेतना सबभन्द महत्व पूर्ण माध्य विद्यार्थी भएकोले यस मौका परेर विद्यालयमा कार्यक्रम आयोजना गरको प्रधानध्यापनक काशिन्द्र  प्रसाद यादबले बताए ।

विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब