माघ ५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • माघ ५, २०८१ | ३५६ पटक पढिएको | सीमा संदेश
alt

विक्रम संवत २०८१ साल माघ ५ गते, शनिबार । ईश्वी सन् २०२५ जनवरी १८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–पंचमी, अहोरात्र । नक्षत्र– पूर्वाफाल्गुनी, २१ घडी ० पला, दिउँसो ३ बजेर २१ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शोभन, ४७ घडी ३९ पला, रातको २ बजेर १ मिनेट उप्रान्त अतिगण्ड । करण–कौलव, बेलुकी ६ बजेर २६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह, बेलुकी ९ बजेर ५३ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३१ मिनेट । दिनमान २६ घडी २६ पला ।  

आजको बार बेला  
बिहान ०६ बजेर ५७ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १५ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखि दिउँसो १ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ३५ मिनेटदेखि दिउँसो २ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
दिउँसो २ बजेर ५४ मिनेटदेखिबेलुकी ४ बजेर १२ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर १३ मिनेटदेखि  बेलुकी ७ बजेर १२ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २२ मिनेटदेखि बिहान ६ बजेर १० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) अध्ययन अध्यापनमा रुची बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ ।  काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । घुमघाम, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वों) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरु गर्न  सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद विक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृड हुनेछ भने प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाल प्रतिष्ठामा बृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

मिथुन (का, कि,कु,घ,ङ,छ,के,को,हा) बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक रुपमा पछि परिनेछ । प्रतिस्पर्धामा बढी नै तयारी गरेर सामेल हुनुहोला अरुभन्दा कमजोर सावित हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिने तथा भेटघाटमो अवसर जुर्नेछ । छोटो दुरीको रमाइलो यात्रा हुनेछ । बनभोज तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको विग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बोलीको माध्ययमबाट राम्रा तथा परिणामूखि काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) लामो दुरीको विदेश यात्रा तय हुनेछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो दुरीको धार्मिक यात्राको प्रसस्त सम्भावना छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राय बाजिनेछ भने संयमित नभए अप्रिय घटना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षती हुने योगछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा आउने छैन । र, पनि व्यापारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । धार्मिक यात्राको तय गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु) जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । माया प्रेममा अविश्वास बढ्ने योग छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । साझपख शुभ मांगलिक समारोहमा  सहभागी गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवल सम्भावना छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रह योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अविश्वास गरे पनि अन्तत विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । विवाह तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यले साथ नदिने हुनाले दौडधूप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरु तपाईंको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास वा धोका हुनेछ । अध्ययनमा मन नजादा वा अल्छी गर्नाले नतिजा अरुले नै हात पार्नेछन् । ऋण, रोग तथा सत्रुको सामाना गर्नुपर्दा मन खिन्न हुनेछ । साझपख छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । खानपान तथा मनोरञ्जन समय व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब