माघ ७ गते सोमबार, यस्ताे छ तपाईंकाे राशिफल

  • माघ ७, २०८१ | ६५१ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल माघ ७ गते, सोमबार । ईश्वी सन् २०२५ जनवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–षष्ठी, ५ घडी ४२ पला, बिहान ९ बजेर १५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–हस्त, ३२ घडी ४८ पला, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त चित्रा । योग–सुकर्मा, ४९ घडी ३५ पला, रातको २ बजेर ४७ मिनेट उप्रान्त धृती । करण–वणिज, बिहान ९ बजेर १४ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर १७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कन्या ।
काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३३ मिनेट । दिनमान २६ घडी ३१ पला । 

आजको बार बेला   
बिहान ०६ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म काल  बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखि  बिहान ९ बजेर ३६ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि  बिहान १० बजेर ५६ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि  बिहान १२ बजेर १५ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखि दिउँसो १ बजेर ३५ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ३६ मिनेटदेखि दिउँसो २ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
दिउँसो २ बजेर ५५ मिनेटदेखि  बेलुकी ४ बजेर १४ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर १५ मिनेटदेखि  बेलुकी ७ बजेर १४ मिनेटसम्म चर बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ८ बजेर १६ मिनेटदेखि  बिहान ९ बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २२ मिनेटदेखि  बिहान ६ बजेर १० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) व्यापार वा शेयर बजारमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास  बढेर जाने तथा प्रेमलाई दाम्पत्य सम्बन्धमा परिणत गर्ने सहमति जुट्नेछ । विवाद तथा प्रतिस्पर्धामा विपक्षहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्दै निरन्तरता दिन सकिनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वश बृद्धिको गतिलो सम्भावना छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) सवारी साधनको व्यापार व्यवसायमा अली बढी मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अली बढी नै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागी समय मध्ययम रहेकाले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । र, पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरु माझ राम्रो काम गरी प्रशिद्धि कमाउन सकिनेछ । वित्तीय क्षेत्रमा लगानीको लागी आजको समय उत्तम रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) व्यापार, उद्योग तथा शेयर बजारको लगानीबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुशी रहनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सरसामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि विछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  सामान्य काममा अल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ  । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । र, पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजार, खनिज पदार्थ, खाद्यान्न, गरगहना तथा पहिरनको व्यापारबाट नाफा कमाउन सकिनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे)  सरकारी तथा पैत्रिक धन तथा सम्पत्ति प्रयोगमार्फत रोेजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा यस दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार, उद्योग तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ

मकर (भो,जा,वि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरि नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेकोछ ।  

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खान पिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ भने आम्दानीका स्रोतहरु साघुरिने छन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) चलिआएका  परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान-सम्मान आदी पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मियता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब