४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

  • माघ ८, २०८१ | ४०१ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ।
अमेरिकाको वासिङ्टन डिसीमा रहेको संसद् भवन, यूएस क्यापिटलको हलमा शपथ लिनुभएको थियो।

राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्सले पनि शपथ लिनुभएको थियो। शपथग्रहणसँगै राष्ट्रपति ट्रम्पले राष्ट्रको नाममा लामो सम्बोधन गर्दै अमेरिकालाई नयाँ शिराबाट अघि बढाउने घोषणा गर्नुभएको थियो।

उहाँको यो दोस्रो कार्यकाल हो। सन् २०१७ मा राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले २०२१ मा भएको राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट उम्मेदवार जो वाइडेनसँग पराजित हुनुभएको थियो। उहाँले निवर्तमान राष्ट्रपति जो बाइडेनले अघि बढाएका कतिपय नीतिहरूलाई सोमबार मध्यरातबाटै खारेज गरेको घोषणासमेत गर्नुभएको थियो ।

राष्ट्रको नाममा सम्बोधन गरेपछि क्यापिटलमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडीले आफ्नो पहिलो आधिकारिक काममा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि उहाँहरू उद्घाटन समारोहका लागि आयोजना गरिएको भोजमा सामेल हुनुका साथै क्यापिटलको भर्‍याङबाट सैन्य परेड अवलोकन गर्नुका साथै विभिन्न कार्यक्रमको अगुवाइ अगुवाइसमेत गर्नुभएको थियो।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएका ट्रम्पले चुनावी दौरानमा अमेरिकामा अवैध रूपमा बस्दै आएका १ करोड ८ लाख आप्रवासीलाई अमेरिकाबाट लखेट्ने घोषणा गर्नु भएको थियो।

अहिले अमेरिकामा अवैध रूपमा बस्दै आएका विभिन्न देशका आप्रावासीहरू ट्रम्पको आवागमनसँगै अमेरिका छोड्नुपर्ने पीरले छटपटिएर बसेका छन् । हरेक नयाँ राष्ट्रपतिले अमेरिकी इतिहासको नयाँ पानाको थालनी गर्ने गरेको पाइन्छ । चिसो मौसम रहेको वासिङ्टन डीसीमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दै गर्दा उहाँले देशमा नयाँ युगको सुरुआत भएको घोषणा गर्नुभएको थियो।

दशकौंपछि पहिलोपटक अत्यधिक चिसो मौसमका कारण क्यापिटल भवन अगाडि हुँदै आएको राष्ट्रपतिको शपथग्रहण समारोह संसद् भवनभित्र गर्न लागिएको छ। आफ्नो कार्यकालको पहिलो दिन नै ठूला परिवर्तनका साथ काम गर्ने वाचा गर्नुभएको छ। ट्रम्पले शपथग्रहणलगत्तै २ सयभन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नुभएको छ। त्यसमा कानुनी रूपमा बाध्यकारी हुने कार्यकारी आदेशहरूका साथै कतिपय घोषणाहरू राष्ट्रपतिय निर्देशनहरू पनि रहेका छन्।

कार्यकारी आदेश भनेको राष्ट्रपतिद्वारा संघीय सरकारलाई जारी गरिएको लिखित आदेश हो जसलाई त्यहाँको कंग्रेसले अनुमोदन गरिरहनु पर्दैन। पदभार ग्रहणसँगै चीनलगायतका देशका सामानमा करको दर बढाउने र आप्रवासनसहितका क्षेत्रमा कडा नीति ल्याउने घोषणा गर्नुभएको छ।

उहाँको घोषणापछि ट्रम्पको यो कार्यकालमा लेनदेनमा आधारित विश्वव्यवस्था फस्टाउने कतिपयले विश्लेषण गरिरहेका छन्।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब