माघ १२ गते शनिबार, यस्ताे छ तपाईंकाे राशिफल

  • माघ १२, २०८१ | ५६१ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल माघ १२ गते, शनिबार । ईश्वी सन् २०२५ जनवरी २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–एकादशी, २९ घडी १० पला, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–ज्येष्ठा, अहोरात्र । योग–ध्रुव, ५२ घडी १४ पला, रातको ३ बजेर ४९ मिनेट उप्रान्त व्याघात । करण–बालव, बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुुसल योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४५ पला ।  

आजको बार बेला  
बिहान ०६ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ३८ मिनेटदेखि दिउँसो २ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
दिउँसो २ बजेर ५८ मिनेटदेखि बेलुकी ४ बजेर १७ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर १८ मिनेटदेखि बेलुकी ७ बजेर १७ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेकोछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति संग्रह गर्न सकिनेछ । विगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलाशी बस्तुको उपयोगमार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम पाइने तथा परिवारका साथ मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तपाईंको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमतापूर्वक  निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । खानपान, घुमफिर तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । र, पनि कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुने समय रहेको छ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग विवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा समय खर्चनेहरुका लागी नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मीठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ ।  

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,युं) इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम समयमा नै पुरा हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। शुभ तथा मांगलिक समारोहबीच मान–सम्मान, प्रतिष्ठा आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्यिता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिने तथा रमाइलो यात्राको तय हुनेछ । फुर्सद नमिले पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ।

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । र, पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ । परिवारका आवश्वकता पुरा गर्न सकिनेछ । अध्ययन तथा कामबाट विश्राम पाइने तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) शरिरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ ।  आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान श्रीमतीबीचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । र, पनि छोटो दुरीको रमाइलो यात्रा तय हुनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जाने वा नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । साथीभाई तथा आफन्तको भेटघाटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । काम वा अध्ययनमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब