माघ १३ गते आइतबार, यस्ताे छ तपाईंकाे राशिफल

  • माघ १३, २०८१ | ३४१ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रमस संवत २०८१ साल माघ १३ गते, आइतबार । ईश्वी सन् २०२५ जनवरी २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–द्धादशी, ३१ घडी १५ पला, बेलुकी ५ बजेर २९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–ज्येष्ठा, ० घडी ४३ पला, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त मूल । योग–व्याघात, ५० घडी ३३ पला, रातको ३ बजेर ९ मिनेट उप्रान्त हर्षण । करण– कौलव, बिहान ७ बजेर ४ मिनेट तैतिल, बेलुकी ७ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–बृश्चिक, बिहान ७ बजेर १३ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३८ मिनेट । दिनमान २६ घडी ४८ पला ।  

आजको बार बेला  
बिहान ०६ बजेर ५५ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ३८ मिनेटदेखि दिउँसो २ बजेर ५८ मिनेटसम्म रोग बेला ।
दिउँसो २ बजेर ५९ मिनेटदेखि बेलुकी ४ बजेर १८ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर १९ मिनेटदेखि बेलुकी ७ बजेर १८ मिनेटसम्म शुभ बेला ।
नोट  : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर १७ मिनेटदेखि बेलुकी ५ बजेर ३८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २० मिनेटदेखी बिहान ६ बजेर ८ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) नोकरीमा पदोन्नती हुने तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ । आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ । राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाडिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । र, पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रुपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइ कै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अली बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  गन्तज्व्य विहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यवसायिक यात्रा हुने भए पनि उपलब्ध न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाव सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला ।स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपााईंको पक्षमा निर्णय नआउन सक्छ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) पतिपत्नी बीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ  । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ  । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे)  अध्ययन तथा प्रतिस्पर्धामा तपाईंको नाम एक कदम अगाडि आउनेछ । प्रतिस्पर्र्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । शेयर बजार तथा निर्माण सामाग्री सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वदेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा नाफा कमाउन बढी नै समय दिनु पर्नेछ भने नोकरिमा विशिष्ट व्यक्तित्व हरुसँग विवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनाश्यक शंका गर्नाले मनमुटाव बढ्नेछ । प्रतिकुलताको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।

तपाईंंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब