माघ १६ गते बुधबार, यस्ताे छ तपाईंकाे राशिफल

  • माघ १६, २०८१ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल माघ १६ गते, बुधबार । ईश्वी सन् २०२५ जनवरी २९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–औशी, २९ घडी ४९ पला, बेलुकी ६ बजेर ५० मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराषाढा, ५ घडी २२ पला, बिहान ९ बजेर ३ मिनेट उप्रान्त श्रवण । योग–सिद्धि, ३९ घडी ३६ पला, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त व्यातिपात । करण–चतुष्पद, बिहान ७ बजेर १४ मिनेट उप्रान्त नाग, बेलुकी ६ बजेर ५० मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५७ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर १५ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १६ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५७ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ३८ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो १ बजेर ३९ मिनेटदेखि दिउँसो २ बजेर ५९ मिनेटसम्म चर बेला ।
दिउँसो ३ बजेर ० मिनेटदेखि बेलुकी ४ बजेर २० मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २१ मिनेटदेखि बेलुकी ७ बजेर २० मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ३८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ७ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) व्यापार तथा उद्योगमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन वा कामबाट विश्राम पाइनेछ भने मनोरञ्जन र खानपानमा समय व्यतित हुनेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । छोटो दुरीको यात्रा तय हुनेछ । पुराना मित्र तथा सहयोगीहरुसँग भेटभाट हुनसक्छ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) समय तथा  परिस्थितिअनुसार चल्न नसक्दा अलिक दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौति आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिंदा राम्रो हुनेछ। धार्मिक सामानको व्यापारमा वृद्धि हुनेछ भने धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघटला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै समय खर्चिनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला, स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउनेछ । एकल तथा साझेदार व्यापार फस्टाएर जानेछ । व्यापारकै शिलशिलामा रमाइलो यात्रा तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । खानपान, भेटघाट, तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । अध्ययन वा कामको शिलशिलामा यात्रा हुने ग्रहयोग रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)  प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना छ । पुराना मित्रहरुसँग भेटी समय व्यतित गर्न पाउदा मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलिक बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानी बाट सोचेजस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु टाढै बस्नु उचित छ, माया प्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउने ग्रहयोग छ । सन्तान तथा आफन्तसँग टाढिनु पर्दा मन खिन्न हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  तपाईंको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ, ध्यान दिनुहोला । अरु कै काममा समय बित्ने हुदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भए पनि सहकर्मीहरुबाट विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता  हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला, हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग छ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आट, शाहस तथा पराक्रम बढेर जाने हुनाले काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगथि गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । व्यापार, उद्योगबाट प्रशस्त आम्दानी हुने ग्रहयोग छ । खानपान, भेटघाट तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेरअघि बढ्दा फाइदा हुनेछ। समय मध्ययम रहेकाले काम बिग्रने डरले सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पत्तिको व्यापारमा घाटा हुन सक्छ, ध्यान दिनुहोला । पढाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समयस्या आई औषधि उपचार खर्च बढ्ने योग छ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यवसायबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । राजनीति तथा सामाजिक काम गरि नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा संगीत पेशा व्यवसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग छ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ ।  व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाव बढ्नेछ । र, पनि काम वा अध्ययनको सवालमा लामो दुरकिो यात्रा हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची( आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुख्र्यौली सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । काम वा अध्ययनबाट विश्राम पाइनेछ । खानपान, भेटघाट तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब