वैदेशिक रोजगारीमा रहेका श्रीमानद्वारा फोनबाटै “तलाक”

  • माघ १६, २०८१ | ४८५ पटक पढिएको | सीमा संदेश
alt

विवाह दर्ता र नागरिकता बनाइदिन आग्रह गर्दा आलटाल गर्दै आएका श्रीमानलाई नन्दले खानेखुसी गर्दा तलाकको अवस्थामा पु¥याइदिएको एक पीडित महिलाले गुनासो गरेकी छन् ।

राजविराजमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सप्तरीको डाक्नेश्वरी नगरपालिका– ७ स्थित ब्रह्मपुर सिघिंया टोलका २२ वर्षीया सनिजा खातुनले यस्तो गुनासो गरेकी हुन् । उनले विवाहको तीन वर्ष हुन लाग्दा पनि श्रीमान मो. आकुवले विवाह दर्ता र नागरिकता नबनाइ दिएको र सो बनाइ दिन आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको बताइन् । हाल उनका श्रीमान आकुव रोजगारीका सिलसिलामा कतारमा छन् ।

डेढ वर्षदेखि कतारमा रहेका श्रीमानलाई नन्द मरियम खातुनले मेरो बारेमा झुटो कुरा लगाइ भड्काएको र अन्त्यमा श्रीमानले ५ महिना अघि फोनबाटै “तलाक” दिएपछि आफु विच्चलीमा परेको उनले बताइन् । पछिल्लो मंसिर १९ गते राति आफू गाउँको एक वैवाहिक कार्यक्रममा सरिक हुन गएका बेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्री, टिका, नथुनी, अंगुठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको आरोप समेत उनले लगाइन् । आफू विरुद्ध नन्द मरियमले समय–समयमा झुटो कुरा लगाएर श्रीमानलाई भड्काउने र अन्त्यमा श्रीमानले फोनबाटै “तलाक” दिँदा आफू घर न घाटकी भएको उनको कथन छ ।

यस विषयमा आफूले नन्द मरियम विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएको उनले बताइन् । जाहेरी मार्फत घरमा चोरी गर्ने तथा आफुलाई “तलाक” सम्मको अवस्थामा पु¥याउने माथि कारबाही हुनु पर्ने उनले माग गरिन् । डेढ वर्षीय छोरा फैजान र ५८ वर्षीया आमा नजिरासंगै न्याय खोज्दै पीडिता सनिजाले विवाह भएपछि विवाह दर्ता र सन्तान जन्मेपछि जन्मदर्ता गराइदिन माग गर्नु स्वभाविक भए पनि श्रीमान र नन्दले यसलाई अपराध गरे जस्तै लिएको गुनासो गरिन् ।

भारतको विहार राज्य कुनौली ग्रामपञ्चायत डंगमारा माइती भएकी सनिजाको २०७८ साल चैत्र ८ गते मो. आकुवसंग मुस्लिम धर्म परम्परा अनुसार मौलानाको उपस्थितीमा विवाह (निकाहनामा) सम्पन्न भएको थियो । छोरीको विवाहमा आफुले १५ लाख रुपैया खर्चेको आमा नजिराले सुनाइन् । ”विवाह भएपछि एक/डेढ वर्ष सम्म ज्वाई र घर परिवारका सबैले छोरीसंग राम्रै व्यवहार गरे । डेढ वर्ष अघि नाति फैजानको जन्म भएको थियो । त्यसपछि विवाह दर्ता र जन्मदर्ताका लागि आग्रह गर्दा छोरीमाथि नन्दबाट चुगली र यातना दिने काम सुरु भएको आमा नजिराको कथन छ । ‘नन्द मरियमकै कारण तलाक समेत दिएर छोरीलाई सम्बन्ध विच्छेदको अवस्था पु¥याइएको छ, अब कति हिंसा सहनु ीमानले दिएको तलाकनामा फिर्ता र उनीसँगै सुरक्षितसाथ बस्ने वातावरण बनाइदिने समेत सबैसँग आग्रह गरिन् ।

सो प्रकरणबारे प्रहरीमा जिज्ञासा राख्दा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले दुबै पक्षलाई झिकाइ समस्या समाधानको प्रयास थालिएको बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब