मधेसमा पुरानो साइकल चिनिया दुतावासले बितरण गरेको आरोप !

  • माघ १८, २०८१ | ४४९ पटक पढिएको | सीमा संदेश
alt

चिनिया दुतावासले मधेसमा पुरानो साइकल बितरण गरेको खुलासा भएको छ ।

एक हप्ता अगाडि मधेसको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा चाइनिज साइकल बितरण गरिएको थियो । बिरतण गरिएको साइकल देख्दा नया र चमकिलो भएपनि प्राविधिक रुपमा त्यसका पार्टसहरु पुरानो भएको बिद्यार्थीहरुको आरोप छ ।

वीरगन्ज महानगरपालिकाको समन्वयमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रम गरि चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले विद्यार्थीहरुलाई साइकल बितरण गरेको थियो । विद्यालयमा आयोजित साइकल बितरण कार्यक्रममा चाइनिज दुतावासका कन्सुर वांग सिनको विशेष उपस्थिती र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तीयाज आलमको प्रमुख आतिथ्यमा दुइ सय साइकल बितरण गरिएको जनाइएको थियो ।

बिद्यार्थीहरुलाई बितरण गरिएको उक्त चाइनिज साइकल मध्ये कतिपय साइकलका पार्टसहरु प्राविधिक रुपमा पुरानो र कमसलभएको बिद्यार्थीहरुको आरोप छ ।देख्ता नया र चमकिलो देखिने चाइनिज साइकलको ब्रेकवायर छिटै भाचिने,ब्वल वैरिगंहरु पुरानो भएको कारण साइकल प्रयोग भन्दावढी बिग्रीने गरेको नरसिंह विद्यालयका एक बिद्यार्थीले गुनासो गरे । उनले भने,‘साइकल नया छ ,तर यसको ट्युर र ब्रेकवायरहरु कमशल भएकोले मिस्त्री कहा देखाउदा पुरानो साइलकलाई पेन्ट गरिएको जस्तो देखियो,हामि त नया साइकल पाएको भन्दै दगं भएका थियौ । ’

सवै साइकल नभइ ,केहि साइकलको बारे केहि विद्यार्थीहरुले गुनासो गरेकोे विद्यालयका एक शिक्षकले बताउनु भयो । तर विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामनारायण कुर्मिले विद्यालयमा बिरतण गरिएको सवै साइकल नया भएको दाबी गर्नुभयो ।
मुख्य रुपमा मिधेस प्रदेशमा सक्रियता बढाउन चाइना दुतावास केहि समय यता आफ्नो सक्रिय बढाएको छ ।जस अन्र्तगत विभिन्न व्यापारको वहाना देखि मधेसी जनताको समाजिक तथा शैक्षिक उथ्थानका लागी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई वैगं देखि साइकल विरतण समेतको कार्यक्रलमा गर्न थालिएको छ ।

मधेस प्रदेश सरकारले विगतमा चलाइएको साइकल बितरण कार्यक्रमको लोकप्रियतालाई देखेर चाइना दुतावासले पनि यो प्रदेशको बालबालिकलाई साइकल बिरतण कार्यक्रम सुरु गरेको हो । तरसुरुमै बितरण गरिएको साइलकल पुराना र कमसल भएको आरोप लागे पछि उसका पछिला साइकल बितरण कार्यक्रमहरु ओझेलमा परेका छन ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब