भारतको सहायता पाउने दोश्रो मुलुक नेपाल

  • माघ २०, २०८१ | २८८ पटक पढिएको | सीमा संदेश
alt

भारतले नेपाललाई दिने अनुदान रकम यस पटक पनि यथावत नै राखेको जनाएको छ । यसरी भारतको सहायता पाउने दोश्रो मुलुकको रुपमा नेपाल परेको छ ।

पहिलोमा भने भुटान परेको छ । भुटानलाई सबैभन्दा बढी सहायता दिने गरेको छ । भारतीय संसदमा अर्थमन्त्री निर्मला सीतारमणले शनिबार भारतको बजेट २०२५/२०२६ सार्वजनिक गरेकी छन् । सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड (भारु) दिने उल्लेख गरिएको छ ।

भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो । आर्थिक वर्ष २०२३/०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो । त्यसमा वृद्धि गरी २०२४/०२५ मा ७०० करोड (भारु) पु¥याइएको थियो भने त्यसलाई यस वर्ष पनि निरन्तरता नै दिने छ । विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ ।

भुटानको बजेट यस पटक भने घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ । भारतले बंगलादेश र श्रीलंकाको बजेट पनि यथावत् नै राखेको छ । बंगलादेशका लागि १२० र श्रीलंकाका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ । तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ ।

मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक ६०० करोड भारु पु¥याइएको छ । पछिल्लो समय मालदिभ्ससँग भारतको राम्रो सम्बन्ध छैन । यस अवस्थामा पनि भारतले रणनीतिक हिसाबले अनुदान बजेटमा वृद्धि गरेको छ । तर त्यही म्यानमारको सहयोग रक मभने घटाएको छ ।

म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मंगोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् नै राखिएको छ । भारतले विपत्ति राहत रकमका लागि ६४ करोड भारु छुट्याएको छ । भारतले सांस्कृतिक कूटनीतिका लागि ३ अर्ब ५१ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब