२३ विद्यार्थी संगठनको सामूहिक प्रतिबद्धताः निर्वाचनमा सहभागी हुन्छौं

  • माघ २५, २०८१ | ४९१ पटक पढिएको | सीमा संदेश
alt

– स्ववियु निर्देशिकाको आधादर्जन बुँदा परिमार्जन तयारी
– २१ दिनअघि तालिका सार्वजनिक, ५ दिनभित्र समानुपातिकको नाम बुझाइसक्नुपर्ने

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका २१ दिनअघि प्रकाशन गर्नेगरी निर्देशिका परिमार्जन गर्ने तयारी भएको छ। स्ववियु निर्वाचनको विषयमा छलफल गर्न बुधबार बसेको बैठकले केही बुँदा परिमार्जन गर्ने निर्णय गरेको छ।

२३ विद्यार्थी संगठनसँग भएको छलफलमा यसअघि स्ववियु निर्वाचन हुनु ३० दिनअगावै कार्यतालिका प्रकाशन गर्ने निर्णय गरिएको थियो। निर्देशिकाको बुँदा नं ६ मा मतदाता नामावलीसम्बन्धी व्यवस्था छ।

अब सो बुँदाको उपबुँदा नं–३ लाई परिमार्जन गरी ७ दिन घटाएर २१ दिनअगावै मात्र कार्यतालिका प्रकाशन गर्ने निर्णय भएको बैठकमा सहभागी विद्यार्थी नेताले जानकारी दिए। उमेर हदको विषयमा २०५३ साल फागुन २८ वा सोभन्दापछि जन्ममिति भएका विद्यार्थीले उम्मेदवारी दिनपाउने व्यवस्था गरिएको छ। निर्देशिकाको बुँदा नं–१०को मतगणनासम्बन्धी उपबुँदा ६ मा मतगणना भएको ७ दिनभित्रमा निर्वाचनमा समानुपातिकतर्फको नाम सिफारिस गर्नुपर्ने व्यवस्था थियो।

सो व्यवस्था परिमार्जन गरी ५ दिन उल्लेख गर्ने सहमति भएको छ । धेरै दिन राखेर नाम सिफारिस गर्दा कतिपय क्याम्पसमा समानुपातिकबाट जितेका पदाधिकारीको नाम सिफारिस गर्न कठिन परेको थियो । समानुपातिकको उम्मेदवारको विषयमा छिटो निर्णय गर्न निर्देशिका परिमार्जन हुन लागेको हो।

यीबाहेक अधिकांश बुँदा २०७९ सालको निर्देशिका अनुसार हुनेगरी तयारी गरिएको छ । बैठकमा सबै विद्यार्थी संघ, संगठनका अध्यक्षले चैत ५ गते नै स्ववियुको निर्वाचन गर्ने प्रतिबद्धता जनाएका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले सबै दलका विद्यार्थी नेताले तोकेकै समयमा अर्थात चैत ५ गते नै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो।

बैठकमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको भने उपस्थिति रहेको थिएन। क्रान्तिकारीको भने उपाध्यक्षको उपस्थिति रहेको थियो । बाँकी सबै संघसंगठनका अध्यक्षहरूको उपस्थिति थियो। बैठकमा परिमार्जन भएको निर्देशिका स्ववियु परिषद्को परिमार्जन कार्यकारी परिषद्मा पेस हुनेछ । कार्यकारी परिषद्ले स्वीकृत गरेपछि बल्ल त्यसको कार्यान्वयन हुनेछ।

निर्वाचन हुने प्रायः निश्चित भएपछि सबै आंगिक क्याम्पसमा विद्यार्थी नेताले चुनावी माहोल तयार गरिरहेका छन्। बैठकले कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनमा सहभागी हुन नपाउने विषयमा निर्णय गरेको छ।

निर्वाचनको तयारी थालिए पनि केही स्ववियु सभापति निर्वाचन टार्ने दाउमा लागिरहेका छन्। स्रोतका अनुसार उपत्यकाका केही स्ववियु सभापतिले निर्वाचन सार्नेगरी तयारी गरिरहेका छन्। अनेरास्ववियुका अध्यक्ष समिक बडालले यो वा त्यो बहानामा निर्वाचन स्थगित वा मिति सार्न नहुने बताउनुभयो।

‘दुई वर्षअघि स्थगित भएका उपत्यकाको ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन हुने जनाइएको छ। दुई वर्षअघि उपत्यकाका ४ र उपत्यका बाहिरका ८ सहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्। यसअघि देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो। करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन। त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १५ मा निर्वाचन गर्ने उल्लेख छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब