धनगढीमाईका मेयर शिवशंकर महतोलाई गराए ध्यानाकर्षण

  • माघ २६, २०८१ | ४८६ पटक पढिएको | सीमा संदेश
alt

नेकपा (माओवादी केद्र) धनगढीमाईले मेयर शिवशंकर महतोलाई सिंचाई मिटरको  विद्युत विल तत्काल बुक्तानी गर्न ध्यानकर्षण गराएको छ। पालिकाले तिर्नुपर्ने विद्युत महशुल नतिर्दा सिंचाई मिटरका लाइनहरु काटीन थालेकाले किसान मर्कामा परेको भन्दै आज मेयर महतोलाई पालिमामै भेटेर पार्टीले ध्यानाकर्षण गराएको हो।  

सिंचाई मिटरको महशुल भुक्तानीमा भइरहेको ढिलाईका कारण किसानहरु मारमा परेकाले यथासिघ्र महशुल भुक्तानी गरी काटीएका लाइनहरु जडान गर्न समन्वय गर्न माँग गरेका गरेका नगर कमिटीका सदस्य लोक बहादुर मगरले जानकारी दिए।

पालिकाले सिंचाई मिटरको रकम भुक्तानी गर्ने जिम्मा लिएपनि लामो समयदेखि नतिर्दा किसानको विद्युत लाईन काटीन थालेको छ। गहुँ सिंचाई गर्नु पर्ने समयमा विद्युत काटीदा किसान मर्कामा परेका छन्।

तत्काल विद्युत महशुल भुक्तानी गरी किसानको काटीएको लाईजन जडान गर्न माँग गर्दै, २ बर्ष देखि निर्माण कार्य अलपत्र करीब १० वटा बिद्यालयका भवनहरु निर्माण कार्य यथासिघ्र थाल्न, स्वास्थ्य चौकी र अस्पतालमा औषधिहरु उपलब्ध गराईदिन, सुसासन र पारदर्शिताको प्रत्याभूति गराउन ध्यानाकर्षण गराइएको मगले जानकारी दिए।

त्यसैगरी, बिगतमा पनि ग्राभेल स्टोकलाई राजस्वको दायरामा ल्याउन सुचना काट्ने तर राजस्व नबुझाई मिलोमतोमा स्टोक उठाउन दिने प्रवृत्ति देखिएको स्मरण गराउदै अबैध ग्रावेल उत्खनन गरी स्टोक गरी राखिएकोमा सुचना बमोजिम राजस्वको दायरा ल्याउन अनुरोध गरिएको मगले बताए। उनले पार्टीले  नगरपालिकाको गतिविधिलाई सुक्ष्म रुपमा हेरिरहेको र खबरदारी जारी रहेको पनि स्मरण गराएको बताए। 

धनगढीमाई नगरपाकिाले अवैधरुपमा उत्खनन्गरी स्टोर गरीएका ग्राभेलहरु माफियालाई राहत हुने गरी स्टोक प्रमाणित गर्न सूचना प्रकाशन गरेको छ। यसले पालिकाभित्रको सुशासनको विषयमा प्रश्न उठ्न थालेको छ। आफैले अबैध भनेर पुनः त्यसको स्टोक प्रमाणित गर्ने सूचना निकाल्नु नियम संगत नभएको जानकारहरु बताउँछन्।

ध्यानाकर्षण कार्यक्रममा नेकपा –माओवादी केन्द)का नगरकमिटी सदस्यहरु सुजित चौधरी, सकिल अख्तर, प्रकाश खडका, बैजनाथ कार्की, कमल महतो, लोक बहादुर मगर, राज कुमार चौधरी लगायत उपस्थित रहेका थिए। 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब