विवादमा रहने खानको ‘डन’ रुप ! जनमतका सांसद अब्दुल खानद्वारा हतियार प्रदर्शन, प्रहरी सफाइमा

  • फागुन ५, २०८१ | ४७२ पटक पढिएको | सीमा संदेश
alt

विवादमा रहिरहने जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खान पछिल्लो पटक ‘डन’को रुपमा आफूलाई रौतहटमा सार्वजनिक गरेका छन् । रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिकामा दुईवटा बन्दुक लिएका दुई जनाको बीचमा पूर्व मन्त्री समेत रहेका खान र जिल्ला ईन्चार्ज शेख जमसेद ‘डन’ जस्तै घुमेको तस्बिरहरु सार्वजनिक भएका छन् ।

खानले सार्वजनिक रुपमा हतियार प्रदर्शन गरेर फेरि विवादमा परेका छन् । बन्दुक लिएका दुईजनाको बीचमा बसेको र फेरी सार्वजनिक स्थलमा घुमफिर गरेको फोटो सार्वजनिक गरेर खान बिबादमा परेका छन् । जिल्ला इञ्चार्ज जमसेदले आफ्नो फेसबुकबाट बिभिन्न ‘पोज’का फोटोहरु सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा तत्कालै भाइरल भएको थियो । सार्वजनिक स्थलमा इजाजत प्राप्त हतियार समेत प्रदर्शन गरेर सर्वसधारणलाई आतंकित बनाउने कार्य गर्न मिल्दैन ।

सांसद खान, इञ्चार्ज जमसेदलगायतले हतियार प्रदर्शन गरेको विषय प्रहरीसम्म पुगेको छ । सामाजिक सञ्जालमा प्रतिकृयाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको छानविन गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता समेत रहेका डीएसपी दीपक कुमार रायले सामाजिक सञ्जालमा हतियार बारे चर्चा बढेलगतै छानबिन गरिएको बताएका छन् । ‘जनमतका जिल्ला अध्यक्ष शेख जमसेदले सांसदसमेतलाई राखेर प्रदर्शन गरेको हतियार सरकारी इजाजत प्राप्त रहेको देखिएको छ’ डीएसपी रायले भने, दुईवटै बन्दुक र बोक्ने मानिस सम्बन्धमा छानबिन भएको ।

हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवैजना जनमत पार्टीको सदस्य रहेको प्रवक्ता रायले जानकारी बताएका छन् । ‘दुवै हतियार र मानिसलाई जमसेदको जिम्मा लगाएर पठाएको छु ’रायले भने, अब उपरान्त सीडीओ हिरालाल रेग्मीको निर्देशन अनुसार हुने बताएका छन् । यसैबीच सीडीओ रेग्मीले प्रहरीले सुरुगरेको अनुसन्धान पूरा भएपछी उचित सुझाव दिने बताएका छन् । उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँ स्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न गएका थिए ।

सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खान संगै जमसेद सोफामा बसेका थिए । उनकै घरको प्राङ्गणमा नेताहरु घुमि रहँदा दुवै जना मानिस हतियार बोकेर संगसंगै हिडेका थिए । सर्वसाधारणले हतियार प्रदर्शन गर्दा कार्वाही हुने र सता पक्षका नेताले त्यहि गर्दा कार्वाही हुने की नहुने गौरमा अहिले चर्चा पाएको छ ।

रौतहट जिल्लामा ‘डन’को पूर्वाभ्यासमा सांसद खान लागेको कतिपयले बताएका छन् । उनीहरुले बन्दुक बोकेको र त्यसबीचमा रहेका खान र जमसेदले आफूहरु डन रहेको सन्देश दिन खोजेको आरोप लगाएका छन् । इजाजत प्राप्त बन्दुक लिएर समेत सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने प्रावधान विपरीत खानले आफ्ना नेता, कार्यकर्ताहरुलाई हतियार सहित घुमाएर सर्वसधारणमा त्रास उत्पन्न गर्ने प्रयास गरेको स्थानीयहरुको आरोप छ ।

इञ्चार्ज जमसेदले सार्वजनिक सञ्जालमा तस्बिर राखेर भुल गरेको बताउँदै त्यसलाई हटाइसकिएको प्रतिकृया दिएका छन् । उनले आफ्नो आईडीबाट अपलोड गरेका तस्बिरहरु हटाइसके पनि विभिन्न प्रयोगकर्ताहरुले स्क्रिनसर्ट गरेर राखेका तस्बिरहरु अझै देखिन्छ । खान यस अघि एउटा भिडियो प्रकरणमा विवादित बनेका थिए । उनको अश्लिल भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडियो विवाद प्रकरणमा उनले प्रविधिको प्रयोग गरी आफ् नो चरित्र हत्याको प्रयास गरिएको सफाइ दिएका थिए । उनले साइबर अपराधमा उजुरी दिएर छानबिनको माग गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकारमा जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका खान थोरै समयमा सरकारबाट बाहिरिएका थिए ।

सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीको तर्फबाट खानले प्रतिनिधित्व गरिरहेका छन् । पार्टीमा बलियो पकड बनाएका खान विवादित गतिविधिहरुले पटक पटक चर्चामा रहने गरेका छन् । जनमत पार्टीले उनलाई समानुपातिक कोटामा सांसद बनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब