रिंकु सदा र प्राकृति लाम्सालको न्याय माग्दै सिरहामा प्रदर्शन

  • फागुन ९, २०८१ | ३८७ पटक पढिएको | सीमा संदेश
alt

अलग–अलग घटनामा मारिएका रिंकु कुमारी सदा र प्राकृति लाम्सालको न्याय माँँग गर्दै सिरहाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। सिरहाको नवराजपुर १ भगवती  रिंकु कुमारी सदा र प्राकृति लाम्साल घटनाको दोषीलाई कार्वाहीको माँग गर्दै नेपाल विद्यार्थी संघ सिरहाले गोलबजारमा प्रदर्शन गरेका हुन्। 

विद्यार्थीहरूले रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसबाट र्याली निकालेर  बजार परिक्रमा गरी मुख्य चौकमा कोणसभा गरेका थिए। कोणसभामा घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माँग गर्दै  ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा र प्राकृति लाम्साल’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर टोलकी १७ वर्षीया रिंकु कुमारी सदा आफ्नै घरको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा स्थानीय रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको खुलेको छ। घटनापछि स्थानीय स्तरमा पञ्चायत राखी मिलाउने प्रयास भएको थियो, जसका कारण पीडित मानसिक तनावमा परेकी थिइन्। 

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत प्राकृति लाम्साल होस्टलको कोठामा मृत फेला परेकी थिइन्। सुसाइड नोटमा उनले ब्रेकअप पछि पूर्व प्रेमीले मानसिक तनाव दिएको र ब्ल्याकमेल गर्ने प्रयास गरेको उल्लेख छ। लाम्सालको मृत्यु आत्महत्या वा अन्य कारणले भएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब