मिटरब्याजपीडितलाई जग्गा फिर्ता, करोडौँ रुपैयाँमा मिलापत्र

  • फागुन १४, २०८१ | ३९४ पटक पढिएको | सीमा संदेश
alt

पर्सामा मिटरब्याजीविरुद्ध भएको कारबाहीमा ५६ बिघाभन्दा बढी जग्गा पीडितले फिर्ता पाएका छन् भने ३१ करोड ६० लाख रुपैयाँभन्दा बढी मिलापत्र भइ मिटरब्याजीपीडितले राहत पाएका छन् ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार मंगलबारसम्म ५ सय ७५ सोझै परेको उजुरी र जिल्ला प्रशासन कार्यालयबाट समेत प्राप्त १ हजार ६ सय ६३ गरी कुल २ हजार २ सय ३८ उजुरीमध्ये १ हजार ३ सय ३ उजुरीमा मिलापत्र भइसकेको छ । तीमध्ये प्रशासनमा २ सय २० र जिल्ला प्रहरीमा १ हजार ८३ उजुरीमा मिलापत्र भएको छ ।

कुल उजुरीमध्ये ९ सय ६ मा मेलमिलाप हुन बाँकी रहेको छ भने दर्ता भएका उजुरीउपर छानबिन गर्दा १४ पुरुष र २ महिला गरी १३ जना आरोपित पक्राउ परेका छन् । आरोपित २९ जनाउपर मुद्दा दर्ता भइसकेको छ । बढीजसो कपाली तमसुक र दृष्टि बन्धकबाट पीडित भएकाहरुको उजुरी धेरै रहेको छ ।

संख्यात्मक रुपमा पर्सा प्रहरीले मधेश प्रदेशका अन्य जिल्लाको तुलनामा सर्वाधिक उजुरीको छिनोफानो गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास भट्टले दाबी गरे । सामान्यतः मिटरब्याजीले कसैलाई थोरै रकम दिएर त्यसबापतको कपाली तमसुक र दोब्बरीदेखि तेब्बरीसम्म बढीको बैक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको छ ।

यस्ता अधिकांश घटनामा एकै व्यक्तिलाई धितोबापत सापट दिएको रकमको दोब्बरी तेब्बरीभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने गरेको पाइन्छ । यस्ता घटनामा पछि ब्याजको रकम पनि साँवामा गाभेर ब्याजको मिटर कुदाउने चलन रहेको छ ।

कतिपय उजुरीकर्ता उजुरी गरिसकेपछि आफै सम्पर्कविहीन भएकाले समेत उनीहरुको उजुरीको हकमा छानबिन प्रक्रिया अघि बढाउन समस्या भएको भट्टले जानकारी दिए । राजीनामा पास गरी पीडक भनिएका व्यक्तिलाई दिइसकेको जग्गा पीडितलाई फिर्ता गराउन समस्या हुने गरेको उनले बताए ।

त्यस्तै जिल्ला अदालतबाट फैसला भइसकेका मुद्दामा पनि उजुरी पर्दा त्यसलाई प्रहरीले हेर्न नमिल्ने कानुनी जटिलता रहेको उनले बताए । पीडकहरु आफूविरुद्ध उजुरी परेलगत्तै अदालतमा निषेधाज्ञाको रिट हाल्ने प्रवृत्तिले पनि उजुरी उपरको छानबिन प्रक्रियामा जटिलता आउने गरेको उनले स्पष्ट पारे ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब