फागुन १५ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

  • फागुन १५, २०८१ | ४८१ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल फाल्गुन १५ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्दशी, ५ घडी ७ पला, बिहान ८ बजेर ३६ मिनेट उप्रान्त औशी । नक्षत्र– धनिष्ठा, २३ घडी ३३ पला, दिउँसो ३ बजेर ५८ मिनेट उप्रान्त शतभिषा । योग–शिब, ४४ घडी ४८ पला, रातको १२ बजेर २८ मिनेट उप्रान्त सिद्ध । करण–शकुनी, बिहान ८ बजेर ३६ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ७ बजेर ५१ मिनेट उप्रान्त नाग । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २ मिनेट । दिनमान २८ घडी ४४ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ५९ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ० मिनेटदेखि बिहान ९ बजेर २५ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०९ बजेर २६ मिनेटदेखि बिहान १० बजेर ५१ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५२ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म काल बेला ।
दिउँसो ४  बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३६ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखि बेलुकी ७ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
नोट  : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५७ मिनेटदेखि बिहान ५ बजेर ४५ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मनपरेको मानिसबाट उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । व्यापार तथा शेयरबजारमा लगानी गरेर नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) व्यापार, उद्योग तथा वित्तीय बजारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नया काम पाउने ,नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेकोछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) घर परिवार तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाव सिर्जना हुनेछ । र, पनि नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको यात्रा तय गर्न सकिनेछ ।  
 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) अनावश्यक विवादमा फस्ने योग रहेकोछ, ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाव सिर्जना हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै व्यापार र शेयरबजारको लगानीबाट राम्रै आम्दानी हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) विवाद तथा प्रतिस्पर्धामा तपाईंको जित हुनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु जस्तै व्यापार, उद्योग तथा शेयर बजारको लगानी स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  सन्तान तथा परिवारले तपाईंको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईंको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) घर परिवार तथा आफन्तहरुमा स्वास्थ्य समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाव सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा विवाद सिर्जना हुन सक्छ, ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । र, पनि कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले मन प्रफुल्लित हुनेछ । शेयर बजारमा साना तथा ठूला लगानीकर्ताको लागि समय उत्तम रहेकोछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने खानपान, मनोरञ्जन तथा भेटघाटमा समय व्यतित हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,,खु,खे,खो,गा,गी) बोल्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, सापटी लाने तथा अनाश्यक  ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । र, पनि सांगितिक क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय शुभ रहेकोछ, भने यात्रा हुने योग रहेकोछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । शेयरबजार, उद्योग तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धि गर्न सकिनेछ । कलाकारिता तथा संगीत पेशा व्यवसायमा समय लगानी गर्नेहरुले प्रसस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला, समय मध्ययम रहेकोछ । र, पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायी रहनेछ । काम वा अध्ययनको शिलशिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब