सिरहा, १६ फागुन । नेपाल टेलिकम शाखा कार्यालय लहानले नीजि इन्टरनेट कम्पनीहरुसँगको सेटिंगमा गोलबजार क्षेत्रमा टेलिकमको नेटर्वक कमजोर बनाई पैसा कमाउने धन्धामा लगेको सेवाग्राहिहरुले आरोप लगाएका छन् । गोलबजार सुगम ठाउँ भएपनि बजार क्षेत्रमा पनि टेलिकमको नेटर्वक मोबाइलमा नटिपिने समस्याले ग्राहक हैरान भईरहेका छन् । जसका कारण नेपाल टेलिकमको नेटर्वकबाट कुराकानी गर्न तथा डाटा चलाउन सास्ती भोग्नु परिरहको सेवा ग्राहिहरुका भनाई रहेका छन्।
गोलबजार क्षेत्रका सबै कुना कपचामा नीजि ईन्टरनेट कम्पनीहरुका फाइवर तारबाट सेवा विस्तार गरिएको छ । तर नेपाल टेलिकमले हाल सम्म बजार क्षेत्रका सेवाग्राहीसम्म पनि फाईवर सेवा पुर्याउन सकेको छैन् । सेवा सुधार तथा इन्टरनेट सेवा विस्तारका लागि सेवाग्राहीहरुले टेलिकम शाखा गोलबजारलाई पटक–पटक अनुरोध गरेपनि हामीसँग स्रोत साधन नरहको र हाम्रा प्रमुख शाखा लहानसँग मागगर्दा उपलब्ध नगराएको कारण सेवा विस्तार गर्न नसकेको शाखा प्रमुख हरि प्रसाद शर्माले बताए ।
यस क्षेत्रका सेवाग्राहीहरुले पटक–पटक हामीलाई नेटर्वक कमजोर छ, सुधार गर्नु र इन्टनेट सेवा विस्तार गर्न भनेपनि हामीले लहान शाखालाई जानकारी गराई आवश्यक सामाग्री माग गरेपनि उपलब्ध नगरापछि हामी गाली खाएर कार्यालयमा बसी जागिर पाकाउने कार्य मात्र गरिरहको शाखा प्रमुख शर्माले आफ्ना दुःख पोखे ।
यता लहान शाख प्रमुख उग्र नारायण झासँग नेटर्वक कमजोरी सुधार तथा फाइवर नेट सेवा विस्तार सम्बन्धी समस्या बारे गुनासो गर्दा यसै हप्तामै हुन्छ भन्दा भन्दै वर्षौ वितिसकेपनि कुनै कार्य नभएको सेवाग्राहीहरुका भनाई छन् । नेटर्वक विस्तार नग्र्नुका कारण नीजि नेटर्वक कम्पनीहरुका सेटिंगमा पैसा कमाईरहको यस क्षेत्रका सेवाग्राहीहरुका आरोप रहेका छन् ।
यस विषयमा नेपाल टेलिकम केन्द्रिय शाखाले छानभिन गरी सेवा सुधार नगरे र इन्टरनेट सेवा विस्तार नगरे नेपाल टेलिकमको सिमकार्ड बहिसकार गरी लहान शाखमा तालाबन्दी गरी अन्दोलन गर्न सेवाग्राहीहरुका तयारी भइरहको सुनिल महतोले बताए र्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved