आठ प्रतिशतमा योजना बेच्दै मन्त्री ! मधेश प्रदेशका मन्त्री दलालको रेट २० प्रतिशत, सरकारमा कलह

  • फागुन १९, २०८१ | ४२६ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद कुमार जयसवालले ८ प्रतिशत लिएर योजना बिक्री गरिरहेका छन् ।

रातो किताबमा उल्लेखित योजनाहरुको उपभोक्ताबाट काम गराउन सरकारले संकल्प प्रस्तावबाट मार्ग प्रशस्त गरेसँगै योजनाहरुको बिक्रीमा मन्त्री सक्रिय भएका छन् । सरकारले बजेट र नीति तथा कार्यक्रममा उपभोक्ता समिति मार्फत काम नगर्ने प्रतिबद्धता जनाए पनि मन्त्री र सांसदको कमाउने धन्धा बन्द हुने निष्कर्ष निकाल्दै प्रदेश सभाबाट संकल्प प्रस्ताव पारितगरी उपभोक्ता समितिबाट काम गराउन थालिएको छ ।

उपभोक्ता समितिबाट काम हुने निर्णय भए लगतै सांसद र मन्त्रीहरुले योजनाहरुको कार्यादेश आफ्नो नियन्त्रणमा लिएका छन् ।सरदर २० प्रतिशत अग्रीम कमिसन लिएर कार्यादेश बाँडन मन्त्री स्वयं सक्रिय छन् । केही मन्त्रीहरुले जिल्लागत रुपमा दलालहरु परिचालन गरेका छन् ।युवा, खेलकुद मन्त्री जयसवालले ८ प्रतिशत आफै बुझेर दलाललाई त्यसबाहेकको रकम लिने जिम्मा दिने गरेको बताइएको छ ।

स्वतन्त्र रुपमा पर्सा जिल्लाबाट निर्वाचन जितेका जयसवालले एमालेसित ‘वार्गेनिंग’गरी शिक्षा तथा संस्कृति मन्त्री बनेका थिए । जनमत पार्टीका सतीश कुमार सिंह नेतृत्वको सरकारमा खेलकुद तथा समाजकल्याण मन्त्री बनेका जयसवालले प्रारम्भदेखि नै ‘कमाउ धन्धा’मा केन्द्रित भएको आरोप लाग्दै आएको छ ।

दलाल मार्फत अग्रीम रकम लिएर मन्त्रीले कार्यादेश दलाललाई दिने र दलालले २० प्रतिशत सम्म अग्रीम रकम लिएर योजना बेच्ने गरेका छन् । एमालेबाट मन्त्री बनेका जयसवालले अर्का मन्त्रीको क्षेत्रमा परेको योजनाबाट समेत कमिसन लिने गरेको नाम सार्वजनिक नगर्ने शर्तमा एकजना मन्त्रीले बताएका छन् ।

मन्त्रीले आफ् ना मानिसलाई अर्को मन्त्रालयबाट कार्यादेश दिलाउन २० प्रतिशत बुझाउनै पर्ने बाध्यता यस पटक भएको उनले बताए । ‘गत वर्ष सम्म मन्त्रीको योजनामा कमिसन लिनेदिने चलन थिएन्’ ती मन्त्रीले भने, यस वर्ष त मन्त्रीले मन्त्रीलाई नै नचिन्ने भएपछि सांसद र अन्य नेताहरुले अग्रीम कमिसन बुझाउनै पर्ने बाध्यता छ । प्रदेश सरकारको आधा जति योजनाको कार्यादेश बिक्री भइसकेको उनले बताए ।

बाँकी रहेको कार्यादेशमा मन्त्रीहरुबीच विवाद भएकाले मात्र रोकिएको हो । नेपाली कांग्रेसका मन्त्रीहरुले एमालेका मन्त्रीहरुले गन्हाउने गरी योजना बिक्री गरिरहेको आरोप लगाउन थालेका छन् ।‘एमालेका मन्त्रीहरुको फेरि सरकारमा नजाने निश्चित नै भएको बुझाइ छ ’कांग्रेसका एकजना मन्त्रीले भने, उनीहरुले गठबन्धनको भावना विपरीत काम गरिरहेका छन् । तर एमालेका मन्त्रीहरुले कांग्रेसका मन्त्रीहरुले चरम बदमासी गरेको आरोप लगाउने गरेका छन् ।

‘कांग्रेसका मन्त्रीहरुले एमालेको मन्त्री र सांसदको क्षेत्रमा राखिएको योजनाहरु समेत आफ्नै दलका कार्यकर्ताहरुलाई दिने गरेका छन्’ एमालेका एकजना मन्त्रीले भने, कांग्रेस चोखो होइन् । मधेश प्रदेश सरकारमा मन्त्रीहरुबीच कलह देखिएको छ ।एउटा मन्त्रीले अर्का मन्त्रीको खेदो खनिरहेका छन् ।मुख्यमन्त्री सिंहले कमिसन पाउने धन्धाहरुमा जुटेको आरोप छ ।

विभागीय मन्त्रीलाई समेत जानकारी नदिइ मुख्यमन्त्री स्वयंले अवैध असुलीका लागि आफै अग्रसर भएको आरोप लाग्न थालेको छ । जनमत पार्टीको मुख्यमन्त्री रहे पनि कांग्रेस र एमालेले आफ्नै ढंगबाट काम गरिरहेको बताइन्छ ।कांग्रेस र एमालेबीच समन्वय नहुँदा मुख्यमन्त्री समेत तनावमा परेको स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्रीले राख्न लगाएको योजनाको कार्यादेश लिन पनि अग्रीम कमिसन दिनु परिरहेको छ ।जिल्लागत रुपमा खटाइएका दलालहरुसित मुख्यमन्त्री सिंहले योजनाको विषयमा छलफल गर्न बाध्य बनाइएको छ । मन्त्रीहरुले मुख्यमन्त्रीसित छलफल गर्न दलालहरुलाई नै अगाडी सारेका छन् । मन्त्रीहरुले मोबाइल फोन स्विच अफ राख्ने र मन्त्रालय बाहिरबाट नै सबै कार्यादेश बिक्री गरिन्छ ।

सम्बन्धित जिल्लाको कार्यालयबाट कार्यादेश चलानी गराएर मन्त्रीले दलालहरुको जिम्मा लगाएका छन् ।दलालहरुले नै कार्यादेश दिएपछि सोझै वडा कार्यालयमा दर्तागरी उपभोक्ता समिति गठन गरिन्छ । प्राविधिक कर्मचारीहरुका अनुसार हाल सम्म इस्टिमेट गराउन दबाब बढेको छैन् ।तर अर्को हप्तादेखि इस्टिमेटको चाप बढ्ने उनीहरुको अनुमान छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उपभोक्ता समितिबाट पनि बढी काम हुने प्राविधिकहरुको कथन छ ।विगतमा जेठ, असार महिनामा उपभोक्ता समिति बनाएर काम गराइन्थ्यो ।तर चालु आर्थिक वर्षमा फागुनको पहिलो हप्तादेखि नै उपभोक्ता समिति गठन हुन थालेको छ । जनकपुर टुडे

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब