पूर्वाधार विकासमा बढी कमिसन माग ! दलालद्वारा २५ प्रतिशतसम्म माग

  • फागुन २१, २०८१ | ३९३ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयमा बढी कमिसन माग हुँदा उपभोक्ताहरु बिच्चिएका छन् । मन्त्रालय र सचिवालयका कर्मचारी समेत नरहेका दलालले योजनाको २५ प्रतिशत रकम अग्रिम माग गर्न थालेपछि उपभोक्ताहरु बिच्किएका छन् । राजनीतिक अस्थिरताको कारण सरकार ढुलमुल अवस्थामा रहेकाले २५ प्रतिशत अग्रीम कमिसन बुझाउँदा डुब्ने त्रास योजना खरिद गर्नेहरुमा देखिएको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय धनुषामा निमित्त प्रमुख रामकिशोर साह छन् । उनले जनाए अनुसार जिल्लामा कुल २ सय ७२ वटा योजना छ । महोत्तरी जिल्लामा ४ सय २१ योजना रहेको भन्दा निकै कम योजना धनुषामा रहेको उनले बताए । ‘हालसम्म २५/२६ वटा योजनाको सम्झौता भएको छ’ निमित्त प्रमुख साहले भने, योजनाको पत्रहरु सबै गइसकेको छ । उपभोक्ता समिति गठन गर्ने पत्र सोझै सम्बन्धित वडा कार्यालयमा जानुपर्ने हो । ‘वडा कार्यालयलाई सोझै कुनै योजनाको उपभोक्ता गठनका लागि पत्र पठाइएको छैन’ उनले भने, सबै पत्रहरु सचिवालयको नाममा गएको छ । त्यहाँबाट नै योजनाको पत्र पठाइने काम भएको हुनुपर्छ । विगतमा पूर्वाधार विकास कार्यालयबाट योजनाको पत्र वितरण हुने गरेको थियो । गत वर्ष योजनाका लागि विवाद हुँदा सो कार्यालयमा चर्काचर्की र झडपसमेत भएको थियो । तर चालु आर्थिक वर्षमा पूर्वाधार कार्यालयका प्रमुख साहबाट हस्ताक्षर गराएर सबै पत्र सचिवालयमा लगिएको बताइन्छ ।

निमित्त प्रमुख रहेका साहले नियम कानुन बमोजिम काम गर्न खोजे पद खोसिने धम्की आउने गरेको हितैषी नेताहरुलाई बताउने गरेका छन् । निमित्त प्रमुखको ठेगान नहुने भएकाले उनी पनि कमिसनको काम उधारोमा नगर्ने पक्षमा रहेको ठेकदारहरु बताउँछन् । महोत्तरी जिल्लामा १ सय ५६ वटा योजनाको सम्झौता भइसकेको बताइएको छ । तर सो अवधिमा धनुषामा २५ वटाको हाराहारीमा मात्र सम्झौता भएको छ ।

काममा ढिलाईको प्रमुख कारण अग्रीम कमिसन रहेको बताइन्छ । खुल्लेआम योजना बिक्री हुन थालेको स्वीकार गर्दै एमालेका एकजना युवा नेताले भने, पार्टीका समर्पित कार्यकर्ताहरुलाई उपदेश र दलाल मार्फत योजनाको बेचबिखनले मन्त्रीप्रति नै वितृष्णा पैदा हुन थालेको छ । प्रकृयागत रुपमा विकास निर्माणको कार्य अगाडि बढ्दा विकास पनि हुने र कमिसन पनि आउने विधि बाहिर जाँदा चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको उनले बताए ।

सबै योजना सम्बन्धित क्षेत्रका मन्त्री र सांसदलाई पठाइसकिएको दलालहरु बताउँछन् । तर योजनाहरु दलालले नै खुल्लेआम बिक्री गरिरहेको नेपाली कांग्रेसका सांसदहरुले आरोप लगाउने गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले सांसदहरुका लागि निर्वाचितको ५ करोड र समानुपातिकको डेढ करोड रकम मध्ये पनि धेरैले योजना पाउन नसकेको बताए ।

‘सांसदहरुले राख्न लगाएका योजनाहरु समेत अन्यलाई दिएको जानकारी आएको छ ’उनले भने, यस विषयमा नेपाली कांग्रेसले अर्को हप्ता दलमा छलफल गर्ने छ । योजना वितरणको विषयमा एमाले र नेपाली कांग्रेसका मन्त्रीहरुबीच चर्को विवाद छ । मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लामा योजना कम दिएकोप्रति पनि नेताहरुमा आक्रोश देखिएको छ ।

सत्तासीन दलहरुमै योजनाको लागि चरम विवाद भइरहेको बेला विपक्षी दलका सभासदहरु ओझेलमा परेका छन् । चालु आर्थिक वर्षमा कार्यालयले योजनाको सम्झौता, इस्टिमेट र कार्यको अन्तिम बिल भर्पाई बाहेकको भूमिकामा देखिएको छैन । अग्रीम कमिसन बुझाएर योजना लिनेहरुमा बिल भर्पाई र भुक्तानीमा समेत बढी रकम दिनुपर्ने त्रास देखिएको छ ।

कमिसनका लागि ठेकदारको घर सम्म नै पुग्ने गरेको आरोप निमित्त प्रमुख साहमाथि लाग्दै आएको छ । धनुषा निर्माण व्यवसायी संघले बजेट र नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले व्यक्त गरेको प्रतिवद्धता विपरीत उपभोक्ता समिति मार्फत काम गराइरहेको विरोध गर्दै आएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब