चैत्र ४ गते सोमबार, यस्ताे छ तपाईँकाे राशिफल

  • चैत ४, २०८१ | ५२२ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रम संवत २०८१ साल चैत्र ४ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च १७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–तृतीया, २७ घडी ५० पला, बेलुकी ५ बजेर २२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–चित्रा, १७ घडी ४ पला, दिउसो १ बजेर ३ मिनेट उप्रान्त स्वाती । योग–ध्रुव, २० घडी १४ पला, दिउसो २ बजेर १९ मिनेट उप्रान्त व्याघात । करण–भद्रा, बेलुकी ५ बजेर २२ मिनेट उप्रान्त बव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५८ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर १४ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर १५ मिनेटदेखि बिहान ७ बजेर ४३ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ४४ मिनेटदेखि बिहान ९ बजेर १३ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर १४ मिनेटदेखि बिहान १० बजेर ४३ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ४४ मिनेटदेख् िबिहान १२ बजेर १३ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म लाभ बेला ।
दिउँसो ४  बजेर १४ मिनेटदेखि  बेलुकी ४ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ४४ मिनेटदेखि बेलुकी ७ बजेर ४३ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ७ बजेर ४३ मिनेटदेखि बिहान ९ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ३९ मिनेटदेखि बिहान ५ बजेर २७ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) एकल तथा साझेदारी  व्यवसायबाट  प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो हुनेछ । र, पनि शेयर बजार वा वित्तीय क्षेत्रमा लगानीको लागि आजको दिन शुभ नहुन सक्छ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने योग रहेकोछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले एक शरीरमा एक किसिमको उमङ्ग आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईंको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेकोछ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ बढ्ने योग रहेकोछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । समाजसेवामा नाम कमाउन अलिक बढीनै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

सिंह (मा, मि,मु,मे,मो,टा,टि,टु,टें) दौडधुप तथा लामो खटाइले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईंको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठूला तथा प्रतिष्ठित व्यक्तिसँग विवाद बढ्ने योग रहेकोछ । र, पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभासँगको  रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। र, पनि शेयर बजारमा आज गरिने लगानी भविश्यमा आम्दानीको गतिलो स्रोत बन्नेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउने हुनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) समयमा अर्थ संग्रह गर्न सकिने हुुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित  कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । सानो प्रयत्नले उपलब्धिमुलक कामहरु हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरुले आर्थिक लाभ प्राप्त गर्ने समय रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेकोछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

मीन (दि,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ ।  पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब