औरही गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

  • चैत ८, २०८१ | ५३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर ५ मा महायज्ञ गर्ने नाममा दलित अछुत हुन्छ भन्दै दिपक मल्लिकको घर डोजरले भत्काएर उठिबास गराएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो । उनी दुबैजना सिरहा प्रहरीको नियन्त्रणमा रहेको मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले पुष्टि गरे ।

उनले सोधपुछका लागि बोलाएपछि उनी दुबैजना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको पनि बताए । उनका अनुसार उजुरी भने अझै परेको छैन् ।

अगामी चैत १७ गतेदेखि महायज्ञ सुरु हुने भनिएको छ । महायज्ञ स्थलमा रहेको मल्लिकको घरमा फाल्गुन १० गते डोजर लगाएर बजरंगी बाबाको सल्लाहमा गापा अध्यक्ष यादवले भत्काएका थिए । साथै त्यहाँको माटो समेत अछुत भएको भन्दै दुई फिट माटो समेत हटाएको आरोप पनि लागेको छ ।

दिपकको पक्की घर भत्काएर अहिले उनका लागि एकान्तमा लगेर फुसको घर बनाइदिएको छ । जहाँ न बत्ती छ, न खानेपानीको सुविधा । शोचालय समेत छैन् । अहिले उनको सात जनाको परिवार अन्ध्यारोमै रात विताउन बाध्य छन् ।

महायज्ञको नाममा अछुत भन्दै दिपकलाई उठिबास लगाएको समाचार विभिन्न मिडियामा आएपछि संघीय र प्रदेश दुबै संसदमा सांसदहरुले आपत्ति जनाएका थिए । सांसदहरु आरोपीहरुलाई अबिलम्ब पक्राउ गरी अनुसन्धान तथा कारबाही गर्न माग गरेको थियो ।

दलितमाथि अत्याचार गरिएको घटनालाई सामान्य रुपमा लिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई तानिसकेको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब