यातायात कार्यालय बिचौलिया काम गर्ने १२ जना पक्राउ

  • चैत १२, २०८१ | ४१९ पटक पढिएको | सीमा संदेश

यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम  गरेको आरोपमा १२ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा एक प्रहरी टोली सो क्षेत्रमा खटिएको थियो । 

प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको र तप अनुसन्धान गरिरहेको बताएको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी,   राजु कोइराला, दुहबी  नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत,   विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार,  कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी ,  बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की, बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेका छन् ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब