सिरहामा एसइई परीक्षामा चिट चोर्ने ३१ बिधार्थी निस्कासित

  • चैत १२, २०८१ | ५५३ पटक पढिएको | सीमा संदेश
alt

एसइई परीक्षामा चिट चोर्ने सिरहामा ३१ जना बिधार्थीलाई निस्कासन गरिएको छ । सिरहा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४० थान मोबाइल सेट, ११ थान स्मार्ट घडी बरामद गरी उनिहरुलाई समेत निस्कासन गरिएको हो ।

सिरहा जिल्ला परीक्षा अनुगमन समितिका अनुसार परीक्षाका क्रममा परीक्षा हलमा लगिएको मोबाइल र स्मार्ट घडी समेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए । चेकजाँचका क्रममा मोबाइल फेला परेपछि बरामद गरिएको हो ।

परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरूलाई चिट चोर्नमा सहयोग गरेको भन्दै सिरहाका विभिन्न परीक्षा केन्द्रका शिक्षकलाई पनि कारबाहीमा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले बताउनु भएको छ ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब