चैत्र १९ गते मंगलबार, यस्ताे छ तपाईँकाे राशिफल

  • चैत १९, २०८१ | ५१६ पटक पढिएको | सीमा संदेश
alt

श्री गणेशाय नमः
आज विक्रम संवत २०८१ साल चैत्र १९ गते, मंगलबार । ईश्वी सन् २०२५ अप्रिल १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र शुक्लपक्ष । तिथि–तृतीया, ९ घडी ५ पला, बिहान ९ बजेर ५५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–भरुणी, २३ घडी १५ पला, दिउँसो ३ बजेर ४० मिनेट उप्रान्त कृतिका । योग–विष्कुम्भ, १९ घडी ५७ पला, दिउँसो १ बजेर ५५ मिनेट उप्रान्त प्रिती । करण–गर, बिहान ९ बजेर ५५ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर ४४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष, बेलुकी ९ बजेर १ मिनेट उप्रान्त बृष । काठंमाडौमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २० मिनेट । दिनमान ३१ घडी ० पला ।

आजको बार बेला  
बिहान ५ बजेर ५७ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर ५८ मिनेटदेखि बिहान ७ बजेर ३० मिनेटसम्म उद्धेग बेला ।
बिहान ७ बजेर ३१ मिनेटदेखि बिहान ९ बजेर ३ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ४ मिनेटदेखि बिहान १० बजेर ३६ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ३७ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १५ मिनेटसम्म शुभ बेला ।
दिउँसो ४  बजेर १६ मिनेटदेखि बेलुकी ४ बजेर ४८ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ४९ मिनेटदेखि बेलुकी ७ बजेर ४८ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो ३ बजेर १४ मिनेटदेखि बेलुकी ४ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर २२ मिनेटदेखि बिहान ५ बजेर १० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेकोछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा  गरिने लगानीबाट आम्दानी बढाउन सहयोग पुग्नेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको यात्रा हुने योग रहेकोछ भने अग्रज तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । र, पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापार तथा शेयरबजारबाट पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्ध कसिएर जाला।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि विफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईंको निम्न स्तरको सहभागिता रहनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ, ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्वहरुले प्रभावित पार्नेछ । कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईंको आलोचना गर्नेहरु बढ्नेछन् । पुराना समस्याहरु पुनः आइलाग्ने तथा सत्रुहरुले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने भएपनि तपाईंकै कारणले टरेर जानेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यवासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार, उद्योग तथा शेयरबजारमा गरिने लगानीबाट आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) सन्तान तथा परिवारले तपाईंको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईंको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

मकर (भो,जा,जि,ज,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) आफुले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आमा वा आफन्तसँग टाडिएर टाडाको यात्रा हुदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न । र, पनि घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट केही मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ । शेयरबजारमा सुझबुझपूर्ण लगानी गरी नाफा कमाउन सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) उद्योग, शेयरबजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) विगतका निर्णयले काम बिग्रन सक्छ ध्यान दिनुहोला । बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघिबढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पत्तिको व्यापारमा घाटा हुन सक्छ ध्यान दिनुहोला । पढाइमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब