मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अनुगमन, ६ टिपर र २ लोडर नियन्त्रणमा

  • चैत २३, २०८१ | ३१७ पटक पढिएको | सीमा संदेश
alt

वन नियमावलीअनुसार वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन प्रदेशको वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्छ । त्यसपछि सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयले सहमति दिएपछि मात्र स्थानीय तहले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् गर्न ठेक्का लगाउने अनुमति पाउँछ ।

तर मिथिला नगरपालिकाले वन क्षेत्रमा पर्ने खोलामा आफैंले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी उत्खनन् ठेक्का लगाएको खुलेको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलाद खोलामा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खनन्को अनुगमन गरेपछि मापदण्डविपरीत उत्खनन् भइरहेको खुलेको हो ।

मुख्यमन्त्री सिंहको निर्देशनमा खोलाको उत्खनन् गरिरहेका ६ टिपर र दुइटा लोडर प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर र लोडर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केवरको जिम्मा लगाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

मुख्यमन्त्री सिंह अनुगमनमा पुग्दा ठेकेदार र उत्खनन गर्न खटेका कर्मचारीहरुको भागाभाग मच्चिएको थियो । मुख्यमन्त्री सिंहले ठेकेदारलाई आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउन निर्देशन दिएका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब